शुक्रबार, मंसिर २०, २०८२
  • होमपेज
  • बाजुरा बिशेष
  • हिउँद सुरु भएसँगै खाली हुनथाले बाजुराका गाउँबस्ती

हिउँद सुरु भएसँगै खाली हुनथाले बाजुराका गाउँबस्ती

  • शनिबार, कार्तिक १६, २०८२
हिउँद सुरु भएसँगै खाली हुनथाले बाजुराका गाउँबस्ती

बजुरा– दसैँ तिहार सकिएसँगै बाजुराका अधिकाशं गाउँ बस्ती पनि खाली हुन थालेका छन्। भारतको नौकरी गर्दै आएका यहाँका स्थानीय दसैँ तिहार मनाउँन घर आएकाहरु दसैँ तिहार सकिएसँगै फेरि नौकरी गर्न भारतमा जान सुरु गरेपछि यहाँका गाउँ बस्ती पनि दिनानु दिन खाली हुँदै गएका हुन्।

बाजुराका अधिकांश स्थानीयहरुको भारतकै भरमा घरमा गुजारा चल्छ। यहाँका युवा युवतीहरु प्राय घरमा बालबच्चा छोडेर नौकरी गर्न भारतमै जाने गर्छन्। पहिला कात्तिक मङ्सिरमा गहुँ र असारमा धान कोदो खेती लगाउँने समय गाउँ आउने र त्यसपछि फेरि उनीहरु कामको खोजीका लागि भारतका विभिन्न ठाउँमा जाने गर्दछन। तर अहिले स्थानीयहरुको खेतीपातीमा खासै चाँसो छैन। उनीहरु चाँडपर्वका लागि गाउँ आउने त्यसपछि फेरि भारतमै जाने गर्दछन् ।

 भदौ असोजको समय गाउँमा प्रदेशीले भरिभराउ हुन्छन् । त्यसपछि कात्तिक मङ्सिर लाग्छ सबै फेरि कामको खोजीमा भारत जान सुरु गर्छन् । प्रदेशीले केही दिन भरिभराउ भएका गाउँबस्ती फेरि खाली हुन्छन् । गाउँ बस्ती खाली हुने समस्या पहिलेको भन्दा अहिले बढि छ । पहिला बाढीपहिरोले खासै त्यति असर गर्दैन थियो । अहिले जिल्लाका अधिकांश गाउँबस्ती पहिरोले तहस नहस पार्दै गएकाले अहिले यहाँका अधिकांश गाउँ बस्ती रितिदै गएका हुन् ।

जिल्लाका बुढीगङ्गा, त्रिवेणी, खप्तड, छेडेदह, गौमुल, बडीमालिका, हिमाली, स्वामिकार्तिक खापर, जगनाथ र बुढीनन्दा नगरपालिका लगायतका अधिकांश गाउँबस्ती अहिले खाली हुँदै गएका छन् । यहाँका स्थानीयको गाउँमा राेजगारकाे सुनिश्चियतता नहुदा उनिहरु प्रदेशिनुपरेकाे नागरिक समाजका अगुवाहरुले बताउने गरेका छन ।  साथै यहाका नागरिकहरुकाे आर्थिक अवस्था कमजोर भएकै कारण उनीहरु धन कमाउनका लागि धमाधम भारतमा जान थालेपछि यती बेला यहाँका गाउँबस्ती खाली हुन थालेकाे स्थानियले बताउने गरेका छन ।

गाउँका युवाहरुलाई गाउँमै गरी खाने व्यवस्था मिलाउँनका लागि यहाँका स्थानीय, प्रदेश र सङ्घीय सरकारले समेत केही नगरेको उनीहरु बताउँछन् । गाउँमा हुने गरेका विकास निर्माणका काममा पनि ठेक्का दिने र ठेकेदारले आफु अनुकूलका कामदार ल्याउने गरेकाले पनि धेरै युवाले गाउँमा काम नपाउँने गरेका हुन् ।

गाउँमा भएका काममा पनि डोजरको प्रयोग गर्नु र त्यसमा पनि अन्य ठाउँदेखि सस्तोमा काम गर्ने कामदार ल्याउनुले पनि यहाँका युवाहरुले सधै वेरोजगार हुनु परेको उनिहरु बताउँछन्।  प्रधानमन्त्री स्वरोजगारको काम बाहेक अरु युवालाई दिन सक्ने काम केही छैन । त्यसमा पनि थोरैले काम पाउँछन् । गाउँमा धेरै हुन्छन् । काम थोरैले पाउँछन् ।

युवालाई गाउँमा रोक्न सक्ने त्यस्तो खालको रोजागारीको व्यवस्था गर्न नसकेकाले पछिल्लो समय यहाँका धेरै युवाहरु कामको खोजीमा भारतका विभिन्न ठाउँमा जाने गरेको बुढीगङ्गा नगरपालिका वडा नं –१ का वडाअध्यक्ष रणबहादुर थापाले बताए।  नेपालको २०७८ सालको जनगणना अनुसार बाजुरामा २८ हजार ६४ घरधुरी छन् । त्यसैगरी यहाँको एक लाख ३८ हजार ५ सय २३ जनसङ्ख्या रहेको छ ।

चर्चामा

सम्बन्धित समाचार