शुक्रबार, मंसिर २०, २०८२
  • होमपेज
  • समाज
  • बुढीगंगा ८ मोटावाडाका एक युवक बेपत्ता

बुढीगंगा ८ मोटावाडाका एक युवक बेपत्ता

  • शनिबार, कार्तिक १६, २०८२
बुढीगंगा ८ मोटावाडाका एक युवक बेपत्ता

बाजुरा— बाजुरा जिल्लाको बुढीगंगा नगरपालिका–८ मोटावाडाका एक युवक असोज ३१ गतेबाट सम्पर्कविहीन भएका छन् । बुबा रामबहादुर खड्का र आमा गंगादेवी खड्काका १७ बर्षिया छोरा तपेन्द्र खड्का असोज ३१ गते बिहान करिब ११ बजे घरबाट निस्किएर सम्पर्कविहीन भएका बुढीगंगा नगरपालिका ८ मोटाबाडाका स्थानिय लाल बहादुर कुमालले बताएका छन् । हालसम्म सम्पर्कमा नआएको कुमाललले जानाएको छ ।

परिवारका अनुसार उनले कहाँ र किन घर छोडेका हुन् भन्ने यकिन जानकारी छैन। खोजतलासका लागि परिवारले प्रहरीमा जानकारी गराइसकेका छन् भने जो कोहीले पनि तपेन्द्र खड्काको अवस्था वा अवस्थाबारे जानकारी पाएको खण्डमा नजकिको प्रहरी र परिवारलाई जानकारी गराई सहयोग गरिदनि हुन अनुरोध गरिएको छ ।

चर्चामा

सम्बन्धित समाचार