शुक्रबार, मंसिर २०, २०८२
  • होमपेज
  • समाज
  • बाजुरा बस दुर्घटनाः २५ जना घाइते, एकिन विवरण आउन बाँकी

बाजुरा बस दुर्घटनाः २५ जना घाइते, एकिन विवरण आउन बाँकी

घाइतेहरुलाई मार्तडी र कोल्टी पठाइयाे

  • शनिबार, कार्तिक १६, २०८२
बाजुरा बस दुर्घटनाः २५ जना घाइते, एकिन विवरण आउन बाँकी

बाजुरा—बाजुराको कोल्टीबाट धनगढीका लागि छुटेको बस दुर्घटनामा परी २५ जना घाइते भएका छन् । चालकसहित २६ जना सवार रहेको बसमा २५ जना घाइते भएका हुन् ।

जिल्ला प्रहरी कार्यालयका अनुसार दुर्घटनामा परी घाइते भएकाहरुलाई उपचारका लागि २३ जनालाई मार्तडी र २ जनालाई कोल्टी अस्पतालमा पठाइएको छ । घाइतेहरुको सबैको अवस्था सामान्य रहेको बुझिएको छ । भने घटनाको एकिन जानकारी आउन बाँकी रहेको छ ।

शनिवार दिउँसो बुढीनन्दा नगरपालिका ७ सास्थामा बस दुर्घटना भएको थियो । कोल्टीबाट धनगढीका लागि छुटेको सदरमुकामतर्फ आउँदै गरेको सु.प.प्र.०१ ००१ ख ३१८१ नम्बरको बस दुर्घटना भएको जनाएको छ ।

चर्चामा

सम्बन्धित समाचार