शुक्रबार, मंसिर २०, २०८२
  • होमपेज
  • बुढीगंगा
  • बाटोमै सुत्केरी, अनमी बिनिताले बाटोमै सुत्केरी सेवा दिइन्‌

बाटोमै सुत्केरी, अनमी बिनिताले बाटोमै सुत्केरी सेवा दिइन्‌

  • शुक्रबार, कार्तिक १५, २०८२
बाटोमै सुत्केरी, अनमी बिनिताले बाटोमै सुत्केरी सेवा दिइन्‌

बाजुरा—बाजुराको बुढीगंगा नगरपालिका ७ सिमलकोटमा एक महिलाले बाटोमै बच्चा जन्माएकी छन् । स्थानिय सिर्जना केसीलाई बाटोमै सुत्केरी व्यथा लागेपछि अनमी बिनिता बिष्टको सहयोगमा बाटोमै सुत्केरी सेवा दिएको स्थानियले बताएका छन् ।

बिहीवार दिउँसो आफन्तले सिर्जनालाई स्वास्थ्य चौकी लिदै गर्दा घर नजिकै बाटोमा व्यथा लागेको थियो । आफन्तले सिमलकोट आधारभुत स्वास्थ्य केन्द्रमा स्वास्थ्यकर्मीलाई खबर गरेका थिए । खबर पाए लगत्तै अनमी बिनिता बिष्ट दौडेर त्याँहा पुगेकी थिइन् ।

बिनिताले भनिन्, आफु पुगिसक्दा बच्चा भइसकेको थियो । साल निकालेर सालनालको व्यबस्थापन गरेको गरे । चेकजाँच गर्दा सबै सामान्य रहेको थियो । बच्चा र आमाको अवस्था राम्रो नै थियो, तत्काल नै घर पठाएको बताइन् ।

बिनिता सिमलकोट आधारभूत स्वास्थ्य केन्द्रमा कार्यरत अनमी हुन् । अहिले उनी स्वास्थ्य संस्थामा एक्लै कार्यरत छन् । आफन्तले बोकेर स्वास्थ्य संस्था पुगाउन नसक्ने भनेपछि सुत्केरी गराउने आवश्यक सामान बोकेर बच्चा पाउने ठाउँमा पुगेको वताईन् । बाटो तथा घरमा गएर सुत्केरी गराउनु पर्ने त हैन्, मानवीय नाताले आफु गएर बाटोमै सेवा दिएको बताइन् । सिर्जना जस्तै बाजुरामा धेरै आमाले बाटो, मेलापात र घरमा बच्चा जन्माउने गरेका छन् ।

बुढीगंगा नगरपालिकाले कार्तिक १ गते बाट सबै करार कर्मचारी हटाउने निर्णयपछि सिमकोट आधारभूत स्वास्थ्य केन्द्रमा अनमी बिनिता बिष्ट एक्लै मात्र कार्यरत छन् । कार्यालय सहयोगी समेत नभएकाले उनले एक्लैले सबै सेवा दिनु पर्ने बाध्यता रहेको छ ।
सो संस्थामा एक जना अहेब, एकजना अनमी र दुई जना कार्यालय सहयोगी रहेका थिए । करार कर्मचारी हटाउने निर्णय अनुसार एक जना अहेब र २ जना कार्यालय सहयोगी हटेका थिए । गर्भवती सेवा देखि बिरामी चेकजाँच, उपचार देखि स्वास्थ्य संस्था सरसफाई एक्लै अनमी गरी रहेकी छन् ।

नगरपालिकाले करार कर्मचारी हटाएपछि सबैभन्दा असर स्वास्थ्य संस्थामा परेको छ । नगरपालिका ८ स्वास्थ्य संस्थामा एकजना स्वास्थ्यकर्मीको भरमा चलेका छन् । ति स्वास्थ्य संस्थामा कार्यलय सहयोगी समेत छैनन् । त्यस्तै ३ वटा स्वास्थ्य संस्था बन्द रहेको सुचना अधिकारी बिष्णु प्रसाद जैशीले बताएका छन् ।

चर्चामा

सम्बन्धित समाचार