
बाजुरा — बाजुरा जिल्लाको बुढीगंगा नगरपालिका–१०, सेलापाखाका ५० वर्षीय धनबहादुर बुढा गत २०८२ साल असोज २४ गतेदेखि सम्पर्कविहीन भएका छन् । परिवारका अनुसार बुढा उक्त दिन बिहानको समयमा घरबाट निस्किएका थिए तर त्यसपछि उनी घर फर्किएर नआएका उनका भाई शंकर बुढाले जानकारी दिएका छन् ।
स्थानीयबासी र परिवारका सदस्यहरूले गाउँ वरपर र आफन्तको घरमा समेत खोजी गरे पनि हालसम्म उनको कुनै अत्तोपत्तो लागेको छैन् । निरन्तर खोजी प्रयास भइरहे पनि बुढाको अवस्थाबारे कुनै जानकारी नपाएको शंकरले बताए । बुढा मध्यम कदका, गोरो वर्णका,एक स्वर स्वभाव र मिलनसार स्वभावका व्यक्ति भएको परिवारका सदस्यहरूले बताएका छन् । उनका भाई शकर बुढाका अनुसार प्रहरीलाई घटनाबारे जानकारी गराएको भए पनि कतै जानकारी नआएको बताए ।
यदि कसैले धनबहादुर बुढालाई कतै देखा वा उनी सम्बन्धी जानकारी पाएको भए नजिकैको प्रहरी कार्यालय वा धनबहादुरका भाई शकर बुढाको ९७६२४००९४५ मा सम्पर्क गरिदिन अनुरोध गरिएको छ ।
