शुक्रबार, मंसिर २०, २०८२
  • होमपेज
  • समाज
  • हिमालीमा जडीबुटी अवैध चोरी–निकासी हुन थालेपछि पालिकाले थाल्यो निगरानी

हिमालीमा जडीबुटी अवैध चोरी–निकासी हुन थालेपछि पालिकाले थाल्यो निगरानी

  • बुधबार, कार्तिक १३, २०८२
हिमालीमा जडीबुटी अवैध चोरी–निकासी हुन थालेपछि पालिकाले थाल्यो निगरानी

बाजुरा—बाजुराको दुर्गम हिमाली गाउँपालिकामा बहुमूल्य जडीबुटीहरु अवैध चोरी निकासी हुने गरेको पाइएको छ । गाउँपालिकाको वडा नम्बर १ र ३ मा रहेका विभिन्न जडीबुटीहरु अनियमित तरिकाले उत्खलन गरी चोरी हुने गरेको पाइएको गाउँपालिकाले जनाएको छ ।

गाउँपालिकाको वडा नम्बर १ को मैर्ताना र ३ को नेतीखोलाबाट मासपुर हुम्ला हुदैँ बहुमूल्य जडीबुटी चोरी निकासी हुने गरेको जानकारी पाएको जनाएको छ । उक्त जानकारीपछि गाउँपालिकाले बुधवार एक सार्वजनिक सूचना जारी गर्दै निगरानी गर्न गरी दिन आग्रह गरेको छ ।

प्रमुख प्रशासकीय अधिकृत कुल बहादुर थापाद्धारा हस्ताक्षरित सूचनामा जडिबुटी चोरी निकासीको निगरानी गरी गाउँपालिकाको आर्थिक ऐन अनुसारको राजश्व संकलनका लागि सहजीकरण गर्न पनि अनुरोध गरेको छ । त्यस्तै, २०८२ असोज १० गते बसेको कार्यपालिका बैठकको निर्णय अनुसार कुनै पनि सिमा पार गरी चोरी निकासी हुन लागेका जडीबुटी जफतका लागि आवश्यक सहयोग गरी दिन पनि वडा कार्यालयलाई आग्रह गरिएको छ ।
हिमाली गाउँपालिकाकाे वडा नम्बर १, २ र ३ का विभिन्न जङ्गलमा जटामसी, चिराइतो, सतुवा, पाँच औले, भुल्ते, मनलसुन लगायतका बहुमूल्य जडीबुटीहरु पाइने गरेका छन् । बहुमूल्य जडीबुटीहरु अवैध तरिकाले उत्खलन गरेर चाेरी निकासी हुन थालेपछि एकतिर जडीबुटीहरु लाेप हुने अवस्थामा पुगेका छन् भने अर्काेतिर पालिकाकाे राजश्वमा समेत कमी हुन थालेकाे छ ।

चर्चामा

सम्बन्धित समाचार