शुक्रबार, मंसिर २०, २०८२
  • होमपेज
  • समाचार
  • प्रतिनिधिसभा विघटनविरुद्धका रिटमा आज सुनुवाइ

प्रतिनिधिसभा विघटनविरुद्धका रिटमा आज सुनुवाइ

  • बुधबार, कार्तिक १३, २०८२
प्रतिनिधिसभा विघटनविरुद्धका रिटमा आज सुनुवाइ

काठमाडौं —प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा दायर परेका १६ वटा रिट निवेदनमा आजदेखि सुनुवाइ हुँदैछ ।

सर्वोच्च अदालतका प्रवक्ता अर्जुनप्रसाद कोइरालाका अनुसार प्रधानमन्त्रीको नियुक्ति तथा संसद् विघटन बदर एवं संसद् पुनःस्थापना समेतमा उत्प्रेषण, परमादेश आदेशको माग गर्दै दायर भएका रिटमा प्रारम्भिक सुनुवाइ हुनेछ ।

जेनजी आन्दोलनपछि पूर्वप्रधानन्यायाधीश सुशीला कार्की प्रधानमन्त्रीमा नियुक्त र प्रतिनिधिसभा विघटन गैरसंवैधानिक भएको भन्दै रिट परेका छन् ।

चर्चामा

सम्बन्धित समाचार