शुक्रबार, मंसिर २०, २०८२
  • होमपेज
  • समाचार
  • शहरी विकास मन्त्रालय मातहत झोलुङ्गे पुलका ६ ठेक्का तोड्ने प्रक्रियामा

शहरी विकास मन्त्रालय मातहत झोलुङ्गे पुलका ६ ठेक्का तोड्ने प्रक्रियामा

  • आइतवार, कार्तिक १०, २०८२
शहरी विकास मन्त्रालय मातहत झोलुङ्गे पुलका ६ ठेक्का तोड्ने प्रक्रियामा
फाइल तस्विर

विकासे मन्त्रालयहरु यतिबेला धमाधम रुग्ण ठेक्का तोड्ने प्रक्रियामा अगाडी बढेका छन् । खासगरी कुलमान घिसिङले नेतृत्व सम्हालेका मन्त्रालयहरुले यो प्रक्रियालाई तीव्र बनाएका हुन् । आइतबार सिँचाइका १२ रुग्ण ठेक्का तोडेको सूचना प्रकाशित भएको छ । सडकमा ४० ठेक्का तोड्ने प्रक्रिया थालिएको छ । यसै सन्दर्भमा शहरी विकास मन्त्रालयले समेत ६ वटा रुग्ण ठेक्का तोड्ने प्रक्रिया थालेको जानकारी गराएको छ । मन्त्रालय मातहतको स्थानीय पूर्वाधार विकास विभागले ६ रुग्ण ठेक्का तोड्न सूचना निकालेको हो । यी ठेक्काहरु झोलुङ्गे पुलसँग सम्बन्धित छन् ।

विभागका अनुसार खोटाङको पिलम्पा, गोरखाको क्योग्मा, झापाको कमल खोला दोभान, झापाकै बिरिङ बाह्रदशी, खोटाङको वुवाखोला, उदयपुरको सुनकोशी दिप्रुङ, गोरखाको धुमी बुधेगरा र धादिङको लिखु धुनीबेशीमा झोलुङ्गे पुल निर्माण गर्न लगाइएका ठेक्का तोड्ने प्रक्रिया थालिएको हो ।

कांग्रेस नेता पूर्णबहादुर तामाङको कम्पनी कान्छाराम/यूनिकर्न जेभीले जिम्मा लिएको ठेक्का समेत छ । यो कम्पनीले झापाको कमल खोला दोभान झोलुङ्गे पुल निर्माणको जिम्मा लिएको थियो । विभागले आइतबार सूचना निकालेर १५ दिन भित्र निर्माणस्थलमा उपस्थित भई काम थाल्न भनेको छ । त्यसो नभए ठेक्का तोड्ने चेतावनी दिइएको छ।

चर्चामा

सम्बन्धित समाचार