शुक्रबार, मंसिर २०, २०८२
  • होमपेज
  • बाजुरा बिशेष
  • खप्तड छेडेदहमा करार कर्मचारीलाई नियम विपरीत ७ लाख बढी स्थानीय भत्ता

खप्तड छेडेदहमा करार कर्मचारीलाई नियम विपरीत ७ लाख बढी स्थानीय भत्ता

  • शुक्रबार, कार्तिक ८, २०८२
खप्तड छेडेदहमा  करार कर्मचारीलाई नियम विपरीत ७ लाख बढी स्थानीय भत्ता

बाजुरा– बाजुराको खप्तड छेडेदह गाउँपालिकाले नियम विपरीत करार कर्मचारीलाई पनि स्थानीय भत्ता दिएको पाइएको छ । गाउँपालिकामा कार्यरत ६ जना करार कर्मचारीलाई ७ लाख बढी रुपैयाँ भत्ता बापत भुक्तानी गरेको हो ।
महालेखापरीक्षकको प्रतिवेदनमा आर्थिक बर्ष २०८०।०८१ मा पालिकाले करार कर्मचारीहरुलाई नियममा व्यवस्था भएको स्थानीय भत्ता उपलब्ध गराएको जनाएको छ । निजामती सेवा नियमावली, २०५० को दफा ९३ र संघीय मामिला तथा अर्थ मन्त्रालयले जारी गर्ने परिपत्रमा करार सेवाको कर्मचारीलाई स्थानीय भत्ता उपलब्ध गराउने सम्बन्धमा कुनै व्यवस्था भएको देखिदैन ।
गाउँपालिकाले ६ जना करार कर्मचारीहरुलाई ७ लाख २४ हजार ३ सय २० रुपैयाँ भत्ता बापत भुक्तानी गरेको देखिन्छ । जसमा मेडिकल अधिकृत, इन्जिनियर, कृषि अधिकृत र आइटीलाई प्रतिव्यक्ति १ लाख ४१ हजार ७ सय २० रुपैयाँ भुक्तानी गरेको देखिन्छ । त्यस्तै, स्टाफ नर्स ९२ हजार ५ सय २० र प्रशासन कर्मचारी ६४ हजार ९ सय २० रुपैयाँ स्थानीय भत्ता दिएको जनाएको छ । मलेपले नियममा व्यवस्था नभएको स्थानीय भत्ता बापत लाखौं रकम करार कर्मचारीलाई भुक्तानी गरेको भन्दै सम्बन्धित कर्मचारीहरुबाट असुल गर्नु पर्ने जनाएको छ ।
यसरी न्यून आय स्रोत भएको दुर्गम पालिकाले आन्तरिक आय, स्थानीय आवश्यकता र नियमको वेवस्ता गर्दै कानुन विपरीत खर्च गर्नुले पालिकाप्रति प्रश्न उब्जाएको छ ।

चर्चामा

सम्बन्धित समाचार