शुक्रबार, मंसिर २०, २०८२
  • होमपेज
  • बाजुरा बिशेष
  • बाजुरामा २ सय ३१ जना नयाँ मतदाता थपिए

बाजुरामा २ सय ३१ जना नयाँ मतदाता थपिए

  • सोमवार, कार्तिक ४, २०८२
बाजुरामा २ सय ३१ जना नयाँ मतदाता थपिए

बाजुरा—बाजुरामा २ सय बढी नयाँ मतदाता थपिएका छन् । जिल्ला निर्वाचन कार्यालय बाजुराका अनुसार २०८२ असोज १० देखि कात्र्तिक २ गतेसम्म २ सय ३१ जना नयाँ मतदाता थपिएका हुन् ।

जिल्लामा करिब २२ दिनको अवधिमा ८८ महिला र १ सय ३३ गरी २ सय २१ जना र कार्तिक २ गते १० जना नयाँ मतदाता थपिएको जिल्ला निर्वाचन कार्यालयका निमित्त प्रमुख अंगत महतले जानकारी दिए । त्यस्तै, उनले मतदाता नामावली दर्ता गर्न कम्तिमा २८ दिन मात्रै बाँकी रहेकाले समयमै कार्यालयमा आएर नाम दर्ता गर्न आग्रह गरेका छन् । जिल्लामा हाल ८६ हजार बढी मतदाता संख्या रहेका छन् ।

निर्वाचन आयोगले जेनजीलाई लक्षित गरी अध्यादेश मार्फत असोज १० गतेबाट मतदाता नामावली संकलन सुरु थियो । आयोगले आगामी २१ फागुनमा तोकिएको प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गरी यहीँ कात्र्तिक ३० गतेसम्म मतदाता नामावली संकलन कार्य सुरु गरेको छ । भने १६ बर्ष उमेर पूरा भएर नेपाली नागरिकताको प्रमाणपत्र प्राप्त नागरिकहरूले प्रदेश निर्वाचन कार्यालय तथा जिल्ला निर्वाचन कार्यालयहरूमा गएर नाम दर्ता गर्न सक्नेछन् ।

यस्तै, निर्वाचन आयोगले शनिवार र सार्वजनिक बिदा बाहेक बिहान ८ बजेदेखि साँझ ६ बजेसम्म मतदाता नामावलीमा नाम दर्ता, बायोमेट्रिक तथा ठाउँ सच्याउने काम गर्दै आएको छ । भदौ २३ गतेको जेनजी आन्दोलनपछि गठन भएको अन्तरिम सरकारले ताजा जनादेशका लागि आगामी फागुन २१ गते प्रतिनिधिसभाको निर्वाचन गर्ने घोषणा गरेको छ ।

चर्चामा

सम्बन्धित समाचार