शुक्रबार, मंसिर २०, २०८२
  • होमपेज
  • सुचना प्रबिधी
  • कात्तिक महिनामा कुन राशिलाई कस्तो लाभ ? हेर्नुहोस् मासिक राशिफल

कात्तिक महिनामा कुन राशिलाई कस्तो लाभ ? हेर्नुहोस् मासिक राशिफल

  • शनिबार, कार्तिक २, २०८२
कात्तिक महिनामा कुन राशिलाई कस्तो लाभ ? हेर्नुहोस् मासिक राशिफल

२०८२ कात्तिक महिनाको राशिफल ।
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) व्यापार भावमा सूर्यको प्रतिकुल प्रभावले साझेदारहरू बिच मनमुटाब सिर्जना नहोला भन्न सकिन्न । दीर्घ रोगीहरू जस्तै प्रेसर, सुगर तथा हाडजोर्नी सम्बन्धी समस्या आउन सम्भावना रहेको छ । राजनीति तथा समाजसेवामा जनताको आलोचनात्मक समर्थन पाइनेछ । महिना भरिनै शनिको आद्य साढेशातीको प्रभाव पर्नेछ । जन्म कुण्डलीमा शनि कमजोर हुनेहरूले खानपान तथा बाहिरी वातावरणको ध्यान दिनुहोला । शरीरमा आलस्य तथा अल्छीपना बढेर जानेछ । नशा, प्यारालाइसिस, ग्यास्ट्रिक तथा दीर्घ रोगीहरूका लागी समय कष्टकर हुनेछ । खर्च अभावले हातमा आइसकेको काम रोकिनेछ । यदि चिनामा शनि स्वगृह, उच्च तथा ३, ६ , ११ भावमा बलवान मानिनेछ र शुभ फल प्राप्त हुनेछ । तर पनि अन्य ग्रहहरू बृहस्पति, शुक्र, बुध, मङ्गलको अनुकूल प्रभावले छोटो वा लामो दुरीको धार्मिक तथा शैक्षिक यात्राको प्रशस्त सम्भावना रहेको छ । शुभ तथा माङ्गलिक सभा समारोहमा आफन्त तथा साथीहरूसँग सहभागी भई मिठा परिकार खादै रमाइलो गफ गरेर महिना कटाउन सकिनेछ । अग्रज तथा आफन्तको आशीर्वादले अगाडी बढ्न प्रोत्साहन गर्नेछ । पढाइ लेखाइ सुधार भएर जानेछ भने कुनै पनि प्रतिस्पर्धामा प्रतिस्पर्धीहरूलाई सजिलै हराउन सकिनेछ । अग्रज तथा आफन्तबाट आशीर्वाद प्राप्त हुनेछ । स्वास्थ्य सामाग्री, खाद्यान्न र निर्माण सामाग्रीको व्यापारमा उल्लेख्य वृद्धि हुनेछ । लामो समयदेखि रोकिएर बसेका कुनै पनि कामहरू सुचारु गर्न सकिनेछ । अटो पार्टस, इन्जिन तथा राज्यसँग नजिक भएर गर्ने कामबाट प्रशस्त आम्दानी हुनेछ । लेखन तथा साहित्यको क्षेत्रमा बाकी रहेका कामहरू पूरा गर्न सकिनेछ । विदेशी लगानीबाट सञ्चालित संस्थामा काम पाउने तथा कर्म प्राप्तिको लागी विदेश यात्रा हुने योग रहेको छ ।
वृष (ईऊ,ए,ओ,वा,वी,वू,वे,वो) वृष राशि भएका व्यक्तिहरूका लागी यो महिना राम्रो रहेको छ । महिनाभर नै सूर्य, बृहस्पति, शुक्र र बुधको अनुकूल प्रभावले अध्ययनमा राम्रो प्रगति गर्न सकिने तथा सन्तान प्राप्तिको योग रहेको छ । यात्रा, मनोरञ्जन तथा भेटघाटमा समय व्यातित हुनेछ । मुद्दा मामिला तथा न्यायालयबाट हुने न्याय सम्पादन तपाईँकै पक्षमा हुनेछ । राजनीति तथा समाजसेवामा जनताको साथ तथा समर्थन प्राप्त हुने हुँदा राजनीतिकर्मी तथा कूटनीतिको क्षेत्रमा काम गर्नेहरूका लागी पद प्राप्तिको योग रहेको छ । अन्धविश्वास तथा कुसंस्कारको विरुद्ध कलम चलाई समाजलाई शिक्षित पार्न तपाईँको लेखन कलाले महत्त्वपूर्ण भूमिका निर्वाह गर्नेछ । लेखक, पत्रकार, अध्ययन तथा अनुसन्धान कर्ता, कपडा तथा खाद्यान्न व्यवसायी तथा गरगहनाको व्यापार गर्नेहरूका लागी समय उत्तम रहेको छ । भौतिक तथा बिलासी वस्तुको कारोबार गर्नेहरूले मनग्गे धन सम्पत्ति जोड्न सक्नेछन् । शेयर बजार तथा वित्तीय क्षेत्रको लगानीबाट आंशिक लाभ हुनेछ । अध्ययन तथा कामको सिलसिलामा लामो दुरीको यात्राको तय हुनेछ । लाभ भावमा शनिको गोचर अत्यन्त फलदायी रहनेछ । वादविवाद तथा नोकरीमा हुने प्रतिस्पर्धामा अग्र स्थानमा तपाईँको नाम आउनेछ । निर्माण सामाग्री, अटोपार्टस् , सवारी साधनको खरिद बिक्री, खाद्यान्न तथा गरगहनाको व्यापारमा उल्लेख्य वृद्धि हुनेछ । विदेशी सामानको व्यापार, महँगा तथा ब्राण्डेड सामान, पहिरन तथा गरगहनाको व्यवसायमा समय लगानी गर्नेहरूका लागी महिना फलदायी रहनेछ ।
मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) सन्तान तथा विद्या भावमा महिनाभर सूर्यको प्रभावले सन्तान तथा आफन्तसँग मनमुटाब बढ्नेछ । स्वास्थ्य सम्बन्धी समस्या जस्तै पेट, आँखा तथा हड्डीमा समस्या आई औषधी उपचार खर्च बढ्नेछ । समाजका विशिष्ट व्यक्तित्वसँग सैद्धान्तिक विषयमा राय बाझिनेछ । तर पनि बुध, शुक्र तथा वृहस्पतिको अनुकूल प्रभाव रहनेछ । लेखन कलाको माध्यमबाट आफ्नो विचारहरू जनमानसमा लैजान सकिनेछ । वंश वृद्धिको योग रहेको छ भने सन्तानको प्रगतिमा मन रमाउनेछ । अध्ययनमा प्रविधिको प्रयोग गरी अपडेट हुन सकिनेछ । सामाजिक सञ्जालद्वारा आफ्ना भनाइहरू जनमानसमा लैजान सकिनेछ । अधिकांश समय यात्रा, मनोरञ्जन तथा खानपानमा व्यातित हुनेछ । बैक तथा वित्तीय क्षेत्र र शेयर बजारमा लगानी गरी नाफा कमाउन सकिनेछ । प्रतिस्पर्धा भावमा मङ्गलको गोचर र राज्य भावमा शनिको गोचर अत्यन्त फलदायी रहनेछ । वादविवाद तथा नोकरीमा हुने प्रतिस्पर्धामा अग्र स्थानमा तपाईँको नाम आउनेछ । निर्माण सामाग्री, अटोपार्टस् , सवारी साधनको खरिद बिक्री, खाद्यान्न तथा गरगहनाको व्यापारमा उल्लेख्य वृद्धि हुनेछ। राजनीति तथा सामाजिक क्षेत्रमा पद प्राप्तिको योग रहेको छ । विदेशी सामानको व्यापार, महँगा तथा ब्राण्डेड सामान, पहिरन तथा गरगहना व्यवसायमा समय लगानी गर्नेहरूका लागी महिना फलदायी रहनेछ ।
कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो) सुख भावमा महिनाभर सूर्यको प्रतिकुल प्रभावले राजनीति तथा समाजसेवामा जनताको समर्थन पाउन निकै नै मेहनत गर्नुपर्नेछ । आमा वा घरपरिवारको स्वास्थ्यमा समस्या आई औषधी उपचार खर्च बढ्नेछ । घर जग्गा तथा रियल स्टेट सम्बन्धी काम गर्ने व्यापारीहरूका लागी समय मध्यम रहेको छ । उच्च रक्तचाप, मुटु, टाउको दुखाई, कोलेस्ट्रोल, छाती, आँखा तथा मौसमी रोगले सताउने तथा मेडिकल खर्च बढेर जाने योग रहेको छ । विद्या तथा सन्तान भावमा मङ्गलको प्रतिकुल गोचरका कारण अध्ययनमा बाधा तथा सन्तानसँग मतभेद बढ्नेछ । तर पनि बुध, शुक्र, बृहस्पति र शनिको अनुकूल प्रभावले सङ्गीत तथा कला क्षेत्रमा राम्रा काम गरी नाम कमाउन सकिनेछ। नोकरी वा अध्ययनमा हुने प्रतिस्पर्धामा तपाईँको उपस्थिति उत्साहजनक रहनेछ । अध्ययन वा कामको सवालमा लामो दुरीको यात्राको योग रहेको छ । पारिवारिक मिलन, यात्रा तथा मनोरञ्जनमा समय व्यातित हुनेछ । अग्रजहरूबाट शुभ आशीर्वाद प्राप्त हुनेछ । मनोरञ्जन तथा फिल्मी क्षेत्रमा सफलता प्राप्त हुनेछ । खाद्यान्न, निर्माण सामाग्री, अटो पार्टस्, सवारी साधनको खरिद बिक्री, गरगहना तथा कन्स्ट्रक्सन क्षेत्रमा मनग्गे धन कमाउन सकिनेछ । कृषि तथा पशुपालन व्यवसायबाट मुनाफा कमाउन सकिनेछ । बैक तथा वित्तीय बजारमा लगानी गरी थोरै भए पनि नाफा कमाउन सकिनेछ ।
सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) पराक्रम भावमा महिनाभर गोचर गर्ने सूर्यको प्रभावले राजनीति तथा समाजसेवामा जनताको साथ तथा समर्थन प्राप्त हुने हुँदा राजनीति तथा कूटनीतिको क्षेत्रमा काम गर्नेहरूका लागी समय उत्तम रहेको छ । दाजुभाइ तथा साझेदारसँग गरिने व्यवसायबाट राम्रो आम्दानी हुनेछ । चाडबाड लक्षित सामान र धार्मिक वस्तुको व्यापार तथा टेक्निकल सामानको पार्टस पुर्जाको व्यापार गर्नेहरूका लागी महिना फलदायी रहनेछ । भौतिक वस्तु तथा सवारी साधनको कारोबार फस्टाएर जानेछ । लामो दुरीको शैक्षिक तथा कर्म प्राप्तिको लागी यात्राको तय गर्न सकिनेछ । न्यायिक क्षेत्रमा काम गर्ने न्यायधिश, अधिवक्ता तथा नोकरीमा प्रतिस्पर्धा गर्नेहरूका लागी समय फलदायी रहनेछ । साहसी क्रियाकलाप भाग लिई नाम कमाउन सकिनेछ । मुद्दा मामिला तथा न्यायालयबाट हुने न्याय सम्पादन तपाईँकै पक्षमा हुनेछन् । अन्धविश्वास तथा कुसंस्कारको विरुद्ध कलम चलाई समाजलाई शिक्षित पार्न तपाईँको लेखन कलाले महत्त्वपूर्ण भूमिका निर्वाह गर्नेछ । विद्यामा सफलता प्राप्त हुनेछ भने छोटो तथा रमाइलो यात्राको तय हुनेछ । पारिवारिक मिलन, यात्रा तथा मनोरञ्जनमा समय व्यातित हुनेछ । अधिकांश समय खानपान र यात्रामा व्यातित हुनेछ । अग्रजहरूबाट शुभ आशीर्वाद प्राप्त हुनेछ । तर पनि सुख भावमा गोचर गर्ने मङ्गलको प्रतिकुल प्रभावले आमासँग मतभेद बढ्ने तथा टाढिनु पर्ने बाध्यता आउनेछ । छाती सम्बन्धी समस्या आई औषधी खर्च बढ्ने योग रहेको छ। सवारी साधनमा लामो दुरीको यात्रा गर्दा भने ध्यान दिनुहोला । अडैया शनिको प्रभाव महिनाभर रहनेछ । जन्म कुण्डलीमा शनि कमजोर हुनेहरूका लागी खानपान तथा बाहिरी वातावरणमा ध्यान दिनुहोला। शरीरमा आलस्य तथा अल्छीपना बढेर जानेछ। नशा, प्यारालाइसिस, ग्यास्ट्रिक तथा दीर्घ रोगीहरूले विशेष ख्याल गर्नुहोला। जन्म कुण्डलीमा शनि ग्रह कमजोर हुनेहरूले देवी पूजा, शनिमुद्रिका धारण, शनिस्त्रोत्र पाठ, पीपलमा जल चढाउने, र रत्नको प्रयोग गर्दा राम्रो हुनेछ । यदि जन्म कुण्डलीमा शनि बलवान भए शुभ फल प्राप्त हुनेछ ।
कन्या (टो,पा,पी,पु,ष,ण,ठ,पे,पो) कन्या राशि हुनेहरूका लागी यो महिना मिश्रित फल प्राप्त हुनेछ । धन भावमा गोचर गर्ने सूर्यको प्रतिकुल प्रभावले धन सम्पत्ति हराउने, लुटिने तथा स्थायी सम्पत्तिमा विवाद हुन सक्छ ध्यान दिनुहोला । मानसिक वा शारीरिक कष्ट हुनेछ । पति पत्नीको स्वास्थ्य प्रतिकुल असर पर्नेछ । टाउको, दाँत, आँखा तथा पेट सम्बन्धी समस्याले नसताउला भन्न सकिन्न । तर पनि शुक्र, बुध, बृहस्पति र मङ्गलको अनुकूल प्रभावले होटेल तथा रेस्टुरेन्ट र रिसोर्टजस्ता बिलासी स्थानमा गरिने व्यापारबाट मनग्गे लाभ लिन सकिनेछ । प्राकृतिक स्रोत साधनको प्रयोग, बिलासी सामानको व्यापार, गरगहना तथा टेक्निकल सामानको पार्ट्स पुर्जाको व्यापार गर्नेहरूका लागी फलदायी रहनेछ । निर्माण सामाग्री तथा कन्स्ट्रक्सनको क्षेत्रमा काम गर्नेहरूले मनग्गे धन आर्जन गर्न सक्नेछन् । खाद्यान्न, लत्ताकपडा, गरगहना, बिलासी सामान तथा चाडबाड लक्षित सामानको व्यापारमा उल्लेख्य वृद्धि हुनेछ । भौतिक वस्तु तथा सवारी साधनको कारोबार फस्टाएर जानेछ । पारिवारिक मिलन, ठुलाबडाको आशीर्वाद तथा शुभ तथा माङ्गलिक कार्यमा सहभागी भई मिष्टान्न भोजन ग्रहण गर्ने अवसर जुर्नेछ । समयको सदुपयोग गर्दै परिवार तथा आफन्तका साथ समय व्यातित हुने तथा रमाइलो ठाउँको भ्रमण हुनेछ । प्रेमलाई विवाहमा परिणत गर्ने सहमति जुट्नेछ । लेखन, कला तथा साहित्य क्षेत्रमा बाकी रहेका कामहरू सकाउन सकिनेछ ।परराष्ट्र तथा कूटनीतिको क्षेत्रमा काम गर्नेहरूका लागी समयले साथ दिनेछ । नयाँ काम पाइने वा नोकरीमा बढुवा तथा सुगम स्थानमा स्थानान्तरण हुने योग रहेको छ । खेलकुद तथा पराक्रमी क्रियाकलाप भाग लिई आम्दानी बढाउन सकिनेछ ।
तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) राशि वा शिरमा सूर्यको प्रतिकुल प्रभाव रहने हुनाले उच्च रक्तचाप, टाउको दुखाई, कोलेस्ट्रोल, दाँत, आँखा तथा मौसमी रोगले सताउने तथा मेडिकल खर्च बढेर जाने योग रहेको छ । कुटुम्ब वा धन भावमा गोचर गर्ने मङ्गलले धन सम्पत्ति फस्ने र आफन्तसँग मनमुटाब बढ्ने योग रहेको छ । शरीरमा घाउ खटिरा तथा उपचार खर्च बढ्ने योग रहेको छ । तर पनि बुध, शुक्र, शनि र बृहस्पतिको प्रभावले ठुलाबडा तथा विशिष्ट व्यक्तिहरूको आशीर्वाद पाइने हुँदा मन प्रसन्न हुनेछ । पारिवारिक मिलन, यात्रा तथा मनोरञ्जनमा समय व्यातित हुनेछ । शुभ तथा माङ्गलिक समारोहमा सहभागी भई मिष्टान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । माया प्रेम गर्नेहरूले आफ्नो मायालुको साथ पाउनेछन् । सामाजिक तथा धार्मिक कार्यमा मन जानेछ भने मन्दिरको यात्रा गरी प्रसाद ग्रहण गर्न सकिनेछ । गीतकार, सङ्गीतकार तथा साहित्यको क्षेत्रमा काम गर्नेहरूका लागी समय फलदायी रहनेछ । काम वा अध्ययनको सवालमा लामो दुरीको विदेश यात्राको योग रहेको छ । सामाजिक सञ्जाल तथा प्रविधिको प्रयोग गरी आफ्ना भनाइहरू जनमानसमा लैजान सकिनेछ । खाद्यान्न, कपडा, गरगहना, अटोपार्टस, सवारी साधनको खरिद बिक्री, निर्माण सामाग्री तथा चाडबाड लक्षित सामानको व्यापार तथा कामबाट आर्थिक उन्नति गर्न सकिनेछ । वित्तीय बजार तथा शेयर बजारमा लगानी गर्दा भविष्यमा नाफा कमाउन सकिनेछ ।
वृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू) खर्च भावमा गोचर गर्ने सूर्यको प्रभावले प्रशासनिक काममा ढिला सुस्ती तथा काम बिग्रने हुँदा राज्यलाई दण्ड जरिवाना तिर्नु पर्ने हुन सक्छ । राज्यको नुन खाएकाहरूले नियम सङ्गत काम गर्न नसक्दा नोकरीमा असजिलो परिस्थितिको सामना गर्नु पर्नेछ । मुटु, आँखा, दाँत तथा हड्डी सम्बन्धी रोगीहरूले विशेष ध्यान दिनु पर्नेछ। व्यावहारिक तथा आर्थिक उतारचढाव आउनेछ । बुवा वा आफन्तको स्वास्थ्यमा समस्या आई औषधी उपचार खर्च बढ्नेछ । शिरमा मङ्गलको प्रतिकुल प्रभावले चोटपटकको भए रहनेछ भने सवारी साधनको प्रयोग गर्दा ध्यान दिनुहोला । सन्तान भावमा शनिको गोचरले आफन्त तथा छोराछोरीसँग टाढिनु पर्दा मन खिन्न हुनेछ । तर पनि बुध, शुक्र, र बृहस्पतिको प्रभावले ठुलाबडा तथा विशिष्ट व्यक्तिहरूको आशीर्वाद पाइने हुँदा मन प्रसन्न हुनेछ । शुभ तथा माङ्गलिक समारोहमा सहभागी भई मिष्टान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । पारिवारिक मिलन, यात्रा तथा मनोरञ्जनमा समय व्यातित हुनेछ । माया प्रेम गर्नेहरूले आफ्नो मायालुको साथ पाउनेछन् । सामाजिक तथा धार्मिक कार्यमा मन जानेछ भने मन्दिरको यात्रा गरी प्रसाद ग्रहण गर्न सकिनेछ । गीतकार, सङ्गीतकार तथा साहित्यको क्षेत्रमा काम गर्नेहरूका लागी समय फलदायी रहनेछ । काम वा अध्ययनको सवालमा लामो दुरीको विदेश यात्राको योग रहेको छ । चाडबाड लक्षित सामानको व्यापार, खाद्यान्न, गरगहना, अटोपार्टस, निर्माण सामाग्रीको कामबाट आर्थिक उन्नति गर्न सकिने तथा निर्माण व्यवसायीहरूका लागी समय फलदायी रहनेछ । राजनीतिमा पद प्राप्तिको गतिलो योग रहेको छ ।
धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) महिनाभर नै लाभ भावमा गोचर गर्ने सूर्यको अनुकूल प्रभावले पैतृक धन तथा प्राकृतिक स्रोतको प्रयोग मार्फत आम्दानी बढाउन सकिनेछ । नोकरीमा प्रवेश पार्ने तथा मान सम्मानमा वृद्धि हुनेछ । सरकारी जागिरेहरूले बढुवा तथा सुगम स्थानमा स्थानान्तरणको प्रशस्त सम्भावना रहेको छ । बुध, शुक्र तथा बृहस्पतिको अनुकूलताले निर्माण सामाग्री, स्कुल, कलेज, बैक तथा वित्तीय क्षेत्रको लगानीबाट मनग्गे धन तथा सम्पत्ति आर्जन गर्न सकिनेछ । खाद्यान्न, गरगहना, सवारी साधनको खरिद बिक्रीमा उल्लेख्य वृद्धि हुनेछ । भाग्यले साथ दिने हुनाले प्रेम बन्धनमा भावना साटासाट हुने तथा दाम्पत्य जीवन सुखमय रहनेछ । मन परेको मानिसबाट उपहारको रूपमा बिलासी सामान प्राप्तिको योग रहको । कर्मप्राप्ती वा अध्ययनको सवालमा लामो दुरीको विदेश यात्राको प्रशस्त सम्भावना रहेको छ । शुभ कार्यमा खर्च बढ्ने तथा शयन सुख प्राप्त हुनेछ । स्थायी सम्पत्ति जस्तै सवारी साधन, बिलासी सामान तथा घरजग्गा जोड्ने योग रहेको छ । वंश वृद्धिको योग रहेको छ भने सन्तानको प्रगतिमा मन रमाउनेछ । सामाजिक तथा धार्मिक कार्यमा मन जानेछ भने मन्दिरको यात्रा गरी प्रसाद ग्रहण गर्न सकिनेछ । पारिवारिक मिलन हुने, ठुलाबडाको आशीर्वाद अगाडी बढ्न प्रेरणा मिल्नेछ । खानपान, यात्रा तथा मनोरञ्जनमा समय व्यातित हुनेछ । तर पनि खर्च भावमा गोचर गर्ने मङ्गलले अनावश्यक खर्च बढ्नेछ । यात्रा गर्दा वा सवारी साधनको प्रयोग गर्दा ध्यान नदिए अप्रिय घटना नघट्ला भन्न सकिन्न । तर पनि लामो दुरीको विदेश यात्रा हुने तथा विदेशमा बसेर काम वा अध्ययन गर्नेहरूका लागी समय फलदायी रहनेछ ।
मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) मकर राशि हुनेहरूका लागी समय उत्तम रहेको छ । महिनाभर राज्य भावमा गोचर गर्ने सूर्यले राजनीतिकर्मी तथा कूटनीतिको क्षेत्रमा समय लगानी गर्नेहरूले उच्च पद पाउने गतिलो योग रहेको छ । प्रशासनिक क्षेत्रमा सामेल भई सामाजिक काम गर्ने अवसर प्राप्त हुने हुँदा मान सम्मान तथा इज्जत प्रतिष्ठामा वृद्धि भएर जानेछ । नीति निर्माण तहमा तपाईँको सम्मानजनक उपस्थिति रहनेछ भने यो महिना गरिने निर्णयहरू सबैलाई मान्य हुनेछ । नोकरी पाउने तथा पदोन्नतिको गतिलो योग रहेको छ । पराक्रम भावमा गोचर गर्ने शनिको गोचरले अत्यन्तै शुभ फल प्राप्त हुनेछ । सवारी साधनको खरिद बिक्री तथा अटो पार्टसको व्यापारबाट मनग्गे धन लाभ हुनेछ । अध्ययन वा कामको सिलसिलामा लामो दुरीको यात्राको तय हुनेछ । बुध तथा शुक्रको अनुकूल प्रभावले घरजग्गा तथा सवारी साधन जोड्न सकिनेछ । पढाइ लेखाइमा प्रतिस्पर्धी हरूलाई किनारा लगाउँदै नतिजा आफ्नो पोल्टोमा पार्न सकिनेछ भने राजनीति शास्त्र अध्ययन गर्नेहरूका लागी समय राम्रो रहेको छ । पति पत्नी बिचको सम्बन्ध सुदृढ हुनुको साथै माया प्रेमको गाँठो कसिलो भएर जानेछ । कला साहित्य तथा गीत सङ्गीतमा विशेष रुचि बढ्नेछ । पारिवारिक जमघटमा सहभागी भई मिठो मसिनो भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । व्यापार व्यवसायमा समय लगानी गर्ने व्यापारीहरूका लागी समय उत्तम रहेको छ । मातापिता तथा अग्रजबाट आशीर्वाद तथा सहयोग पाइनेछ । मङ्गल ग्रहको प्रभावले पराक्रमी क्रियाकलाप भाग लिनेहरूले नाम तथा दाम दुवै कमाउन सक्नेछन् ।
कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) भाग्य भावमा महिनाभर नै गोचर गर्ने सूर्यको प्रतिकुल प्रभावको कारणले घर गृहस्थीमा व्यावहारिक कुरा नमिल्दा केहि असहज परिस्थितिको सिर्जना नहोला भन्न सकिन्न । धार्मिक यात्रामा केही असहज परिस्थितिको सामना गर्नुपर्नेछ । रोग भावमा बृहस्पतिको प्रतिकुल प्रभावले स्वास्थ्यमा समस्या आई औषधी खर्च बढ्नेछ। औषधिजन्य तथा खाद्यान्नसँग सम्बन्धित व्यापारमा वृद्धि भए पनि अन्य व्यापारमा मन्दी आउनेछ । तर पनि बुध, शुक्र तथा मङ्गल ग्रहको अनुकूल प्रभावले सङ्घर्षका बाबजुद राजनीति तथा समाजसेवामा समय लगानी गर्नेहरूका लागि राज्यबाट पद प्राप्तिको योग रहेको छ । सरकारी जागिरेहरूले बढुवा तथा सुगम स्थानमा स्थानान्तरणको प्रशस्त सम्भावना रहेको छ । न्यायिक क्षेत्रमा सफलता हात पार्न सकिनेछ । सवारी साधनको खरिद बिक्री तथा खाद्यान्नको व्यापारमा उल्लेख्य वृद्धि हुनेछ । गीत तथा सङ्गीतकै सवालमा देश विदेशको यात्रा हुनेछ । माया प्रेममा रमाउन चाहनेहरूका लागि महिना शुभ रहेको छ आफन्त तथा दाजुभाइको सहयोग रहनेछ भने छोटो दुरीको रमाइलो यात्राको तय हुनेछ । सामाजिक सञ्जाल तथा प्रविधिको प्रयोग मार्फत आफ्ना विचारहरू जनमानसमा लैजान सकिनेछ । शेयर बजार तथा वित्तीय क्षेत्रमा गरिने लगानीबाट केही मात्रामा आम्दानी गर्न सकिनेछ । ठुलाबडा तथा विशिष्ट व्यक्तिहरूको आशीर्वाद पाइने हुँदा मन प्रसन्न हुनेछ । पारिवारिक मिलन, यात्रा, खानपान तथा भेटघाटमा समय व्यातित हुनेछ । तर पनि महिनाभर नै शनिको अन्त्य साढेसातीको प्रभावले श्वासप्रश्वास, आँखा, टाउको सम्बन्धी समस्या आउने सम्भावना रहेको छ । दीर्घ रोग जस्तै प्रेसर, सुगर जस्ता रोगीहरूले विशेष ख्याल गर्नुहोला । जन्म कुण्डलीमा शनि कमजोर हुनेहरूका लागी खानपान तथा बाहिरी वातावरणमा ध्यान दिनुहोला । शरीरमा आलस्य तथा अल्छीपना बढेर जानेछ । नशा, प्यारालाइसिस, ग्यास्ट्रिक तथा दीर्घ रोगीहरूले विशेष ख्याल गर्नुहोला । जन्म कुण्डलीमा शनि ग्रह कमजोर हुनेहरूले देवी पूजा, शनिमुद्रिका धारण, शनिस्त्रोत्र पाठ, पीपलमा जल चढाउने, र रत्नको प्रयोग गर्दा राम्रो हुनेछ । यदि जन्म कुण्डलीमा शनि बलवान भए शुभ फल प्राप्त हुनेछ ।
मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) कष्ट भावमा गोचर गर्ने सूर्यले राजनीति तथा कल्याणकारी क्षेत्रमा जनताको सामु कमजोर उपस्थिति रहनेछ । स्थायी सम्पत्तिमा विवाद आउने योग रहेको छ भने दिदी बहिनी तथा आफन्तसँग अनावश्यक विवाद हुनेछ । भाग्य भावमा मङ्गलको कारण सवारी साधनको प्रयोग गर्दा वा घर जग्गाको कारोबार गर्दा ध्यान दिनुहोला । अनावश्यक खर्च बढ्ने तथा विदेश जान खोज्दा रुपैयाँ पैसा फस्न सक्छ ख्याल गर्नुहोला । शनिको मध्य साढेशातीको प्रभावले श्वासप्रश्वास, आँखा, टाउको सम्बन्धी समस्या आउने सम्भावना रहेको छ । दीर्घ रोग जस्तै प्रेसर, सुगर जस्ता रोगीहरूले विशेष ख्याल गर्नुहोला । जन्म कुण्डलीमा शनि कमजोर हुनेहरूका लागी खानपान तथा बाहिरी वातावरणमा ध्यान दिनुहोला । शरीरमा आलस्य तथा अल्छीपना बढेर जानेछ । नशा, प्यारालाइसिस, ग्यास्ट्रिक तथा दीर्घ रोगीहरूले विशेष ख्याल गर्नुहोला । जन्म कुण्डलीमा शनि ग्रह कमजोर हुनेहरूले देवी पूजा, शनिमुद्रिका धारण, शनिस्त्रोत्र पाठ, पीपलमा जल चढाउने, र रत्नको प्रयोग गर्दा राम्रो हुनेछ । यदि जन्म कुण्डलीमा शनि बलवान भए शुभ फल प्राप्त हुनेछ । तापनि बृहस्पति, बुध, शुक्रको अनुकूल प्रभाव रहनाले मौसमी तथा चाडबाड लक्षित सामानको व्यापारबाट मनग्गे धन आर्जन हुनेछ । खाद्यान्न, कपडा, गरगहना, सवारी साधन, निर्माण सामाग्री, अटोपार्टस तथा खनिज पदार्थजस्ता समानको व्यापारमा उल्लेख्य वृद्धि हुनेछ । प्राकृतिक स्रोत साधन तथा पैतृक धन सम्पत्तिको प्रयोग परिचालन मार्फत मनग्गे धन आर्जन गर्न सकिनेछ । कृषि तथा पशुपालन, बैक तथा वित्तीय क्षेत्रमा गरिएको लगानीबाट मनग्गे लाभ लिन सकिनेछ । नयाँ काम पाउने, नोकरीमा बढुवा वा सुगम स्थानमा स्थानान्तरण हुने ग्रहयोग रहेको छ । पारिवारिक मिलन तथा बिछोड, यात्रा, खानपानमा समय व्यातित हुनेछ ।
तपाईँको दिन शुभ रहोस् ।

चर्चामा

सम्बन्धित समाचार