शुक्रबार, मंसिर २०, २०८२
  • होमपेज
  • क्रिकेट
  • आसिफ र दिपेन्द्रको अर्धशतकमा नेपालले सामाओलाई दियो २१२ रनको लक्ष्य

आसिफ र दिपेन्द्रको अर्धशतकमा नेपालले सामाओलाई दियो २१२ रनको लक्ष्य

  • शुक्रबार, कार्तिक १, २०८२
आसिफ र दिपेन्द्रको अर्धशतकमा नेपालले सामाओलाई दियो २१२ रनको लक्ष्य

काठमाडौं— ओमानमा जारी आईसीसी टी–२० विश्वकप अन्तर्गत सुपर सिक्सको अन्तिम खेलले नेपालले सामोआलाई २१२ रनको विशाल लक्ष्य दिएको छ । टस हारेर पहिलो ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर २११ रन बनायो ।

नेपालका दुई खेलाडीले अर्धशतक प्रहार गरे । आसिफ शेख ४१ बलमा ६९ र दीपेन्द्रसिंह ऐरीले ३३ बलमा ५३ रनको योगदान दिए । कुशल भुर्तेल १७ र आरिफ शेख ९ रनमा आउट भए । कप्तान रोहित पौडेल १२ बलमा २१ र लोकेश बम १२ बलमा ३९ रनमा अविजित रहे ।

नेपालले यो खेलमा जित निकाले छनोटको ट्रफी जित्नेछ । यो छनोटबाट नेपाल, ओमान र युएई शीर्ष तीन टोली अर्को वर्ष भारत र श्रीलंकामा हुने टी–२० विश्वकपमा पुगिसकेका छन् ।

चर्चामा

सम्बन्धित समाचार