शुक्रबार, मंसिर २०, २०८२
  • होमपेज
  • समाज
  • फेरि भेटियो अकबरे खुर्सानीमा अत्यधिक विषादी

फेरि भेटियो अकबरे खुर्सानीमा अत्यधिक विषादी

  • बिहिबार, अशोज ३०, २०८२
फेरि भेटियो अकबरे खुर्सानीमा अत्यधिक विषादी

काठमाडौँ —कालीमाटी तरकारी बजारमा बिक्रीका लागि ल्याएको अकबरे खुर्सानीमा अत्यधिक विषादी भेटिएको छ । मकवानपुरमा उत्पादित अकबरे खुर्सानीमा विषादीको मात्रा भेटिएको विषादी अवशेष द्रुत विश्लेषण इकाई कालीमाटीले जनाएको छ ।

मकवानपुरबाट ल्याइएको पसल नम्बर ६४७ मा बिक्रीका लागि राखिएको अकबरेमा ४९.०३२ प्रतिशत र पसल नम्बर ६६३ मा राखिएको अकबरेमा ५१.४४६ प्रतिशत अर्गानोफस्फेट नामक विषादी फेला परेको जनाएको छ ।

यसअघि पनि सोमबार मकवानपुरबाटै ल्याइएको अकबरे खुर्सानीमा ५४.०७८ प्रतिशत उक्त विषादीको मात्रा भेटिएको थियो । बजारमा कार्वामेट र अर्गानोफस्फेट समूहका विषादीको मात्र परीक्षण गरिँदै आएको छ ।

यस्तो प्रकारको विषादी जाँच गर्दा रोकावट प्रतिशत ३५ भन्दा कम उपभोगयोग्य, ३५ देखि ४५ सम्म केही दिन राखेर खान मिल्ने र ४५ भन्दा बढी खान अयोग्य मानिन्छ ।

चर्चामा

सम्बन्धित समाचार