
बाजुरा—प्रधानमन्त्री सुशीला कार्कीको प्रेस संयोजकमा राम रावल नियुक्त भएका छन् ।
रावल प्रेस संयोजक नियुक्त भएको प्रधानमन्त्री कार्कीको सचिवालयले जानकारी दिएको छ ।
रावल दुई दशकदेखि पत्रकारितामा सक्रिय छन् । दृष्टि साप्ताहिकबाट पत्रकारिता सुरु गरेका रावल कान्तिपुर टेलिभिजन, ग्यालेक्सी टेलिभिजन हुँदै पछिल्लो समय नेपालखबर अनलाइनमा सम्पादक थिए ।
बाजुरामा जन्मिएका रावलले त्रिभुवन विश्वविद्यालयमा नेपाली विषयमा स्नातकोत्तर र कानुनमा स्नातक गरेका छन्
