शुक्रबार, मंसिर २०, २०८२
  • होमपेज
  • राजनीति
  • एमालेको केन्द्रीय कमिटी बैठक आजदेखि

एमालेको केन्द्रीय कमिटी बैठक आजदेखि

  • बुधबार, अशोज २९, २०८२
एमालेको केन्द्रीय कमिटी बैठक आजदेखि

काठमाडौँ — नेकपा एमालेको केन्द्रीय कमिटी बैठक आजदेखि सुरु हुने भएको छ । एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार बिहान ११ बजे ललितपुरको जावलाखेलमा बैठक सुरु हुनेछ ।

बैठकमा पार्टी अध्यक्ष केपी शर्मा ओलीको समसामयिक राजनीतिक घटनाक्रम समेटिएको राजनीतिक प्रतिवेदन, राजनीतिक प्रस्ताव र विविध विषयमा छलफल गर्ने कार्यसूची छ । आसन्न पार्टीको राष्ट्रिय महाधिवेशनको बारेमा पनि छलफल हुने प्रमुख गौतमले बताए ।

यसअघि आइतबार भक्तपुरको गुण्डुमा बसेको एमाले सचिवालय बैठकले केन्द्रीय कमिटी बैठक असोज २९, ३० र ३१ गते बस्ने निर्णय गरेको थियो ।

बैठकले पार्टीको ११ औँ महाधिवेशन मंसिर अन्तिम साता गर्ने निर्णय गरे पनि मिति र स्थान केन्द्रीय कमिटी बैठकले तय गर्ने बताइएको छ ।

चर्चामा

सम्बन्धित समाचार