
कञ्चनपुर– कञ्चनपुरबाट ७ जना जुवाडे पक्राउ परेका छन्। जिल्लाको भीमदत्त नगरपालिका-१८ जानकीटोल बस्ने भाष्कर भट्टले संचालन गरेको चिया नास्ता पसलमा जुवातास खेली रहेका ७ जनालाई जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले शुक्रवार पक्राउ गरेको हो।
उनीहरुलाई १४ हजार छ सय पैतिस रुपैँया र १ गड्डि ताससहित नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय कञ्चनपुर ल्याई थप अनुसन्धान भई रहेको प्रहरीले जनाएको छ।
