शुक्रबार, मंसिर २०, २०८२
  • होमपेज
  • समाचार
  • ओली अस्वस्थ भएपछि एमाले सचिवालय बैठक स्थगित

ओली अस्वस्थ भएपछि एमाले सचिवालय बैठक स्थगित

  • शनिबार, अशोज २५, २०८२
ओली अस्वस्थ भएपछि एमाले सचिवालय बैठक स्थगित

नेकपा एमालेको सचिवालय बैठक स्थगित भएको छ । अध्यक्ष केपी शर्मा ओलीको स्वास्थ्यमा समस्या देखिएकाले बैठक स्थगित गरिएको केन्द्रीय कार्यालय सचिव डा.भीष्म अधिकारीले बताए । ‘अध्यक्षलाई रुघाखोकीले समस्या भयो, त्यसैले बैठक स्थगित गरिएको छ‍’, अधिकारीले भने । उनका अनुसार आज स्थगित भएको बैठक भोलि बिहान ११ बजे बस्नेछ ।

केन्द्रीय कमिटीको एजेण्डा तय गर्न ओलीको निवास गुन्डुमा हिजोबाट सचिवालय बैठक सुरु भएको छ । बैठकको पहिलो दिन ९ जना पदाधिकारीले आफ्नो धारणा राखेका थिए ।

त्यसमध्ये ६ जनाले ओलीलाई नेतृत्व छोड्न आग्रह गरेका छन् । अहिलेकै नेतृत्वमा एमाले अगाडि बढ्न नसक्ने उनीहरुको तर्क छ । बाँकी पदाधिकारीले भोलिको सचिवालय बैठकमा कुरा राखेपछि केन्द्रीय कमिटीको एजेन्डाबारे निर्णय हुनेछ ।

चर्चामा

सम्बन्धित समाचार