आइतवार, मंसिर २२, २०८२
  • होमपेज
  • सुचना प्रबिधी
  • कोशीका केही भूभागमा हल्का वर्षाको सम्भावना

कोशीका केही भूभागमा हल्का वर्षाको सम्भावना

  • शनिबार, अशोज २५, २०८२
कोशीका केही भूभागमा हल्का वर्षाको सम्भावना

जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले यस वर्षको मनसुन नेपालको सम्पूर्ण भूभागबाट बहिर्गमन भएकाले हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको जनाएको छ । शुक्रबारदेखि नेपालबाट मनसुन बाहिरिएको हो ।

महाशाखाका अनुसार अहिले गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ ।

आज दिउँसो कोशी प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ । कोशी प्रदेशको पहाडी भूभागका एकदुई स्थान हल्का वर्षाको सम्भावना रहेको छ ।

चर्चामा

सम्बन्धित समाचार