शुक्रबार, मंसिर २०, २०८२
  • होमपेज
  • राजनीति
  • एमालेको युवा संघलाई र्‍याली र सभा गर्न काठमाडौं प्रशासनको रोक

एमालेको युवा संघलाई र्‍याली र सभा गर्न काठमाडौं प्रशासनको रोक

  • शुक्रबार, अशोज २४, २०८२
एमालेको युवा संघलाई र्‍याली र सभा गर्न काठमाडौं प्रशासनको रोक

काठमाडौं— जिल्ला प्रशासन कार्यालय काठमाडौंले नेकपा एमाले सम्बद्ध युवा संघलाई मोटरसाइकल र्‍याली र सभा गर्न रोक लगाएको छ ।
राष्ट्रिय युवा संघ नेपालले भोलि देशभक्ति र राष्ट्रिय एकताको सन्देशका लागि भन्दै मोटरसाइकल र्‍याली आयोजना गरेको थियो ।तर काठमाडौंका प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलले कुनै पनि समूह वा संगठनलाई र्‍याली, जुलुश र सभा जस्ता कार्यक्रम गर्न अनुमति नदिइएको जनाएका छन् ।

‘गत भाद्र २३ गतेको Gen Z आन्दोलन पछिका दिनमा भएको तोडफोड, आगजनी तथा सार्वजनिक र निजी सम्पत्तिहरुमा भएको क्षति समेतका घटना हुन पुगेको प्रशासनले सम्झाएको छ ।

‘आम नागरिकलाई सुरक्षाको प्रत्याभूति गराउन कार्यमा थप जटिलताको अवस्था हुन जाने भएको हुँदा यस कार्यालयबाट त्यस प्रकारका कुनै पनि -याली, प्रदर्शन जस्ता कार्यक्रम गर्न कोही कसैलाई पनि स्वीकृति प्रदान नगर्ने भनी निर्णय भएको छ । अतः पूर्व स्वीकृति विना कुनै पनि प्रकारका कार्यक्रमहरु नगर्न नगराउनु हुन स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ को उपदफा ३ को देहाय खण्ड (क) र प्रहरी ऐन २०१२ को दफा १९ को व्यवस्था बमोजिम यो सूचना सम्वद्ध सबैलाई जानकारीका लागि प्रेषित गरिएको छ’, प्रशासनको सूचनामा उल्लेख छ ।

चर्चामा

सम्बन्धित समाचार