शुक्रबार, मंसिर २०, २०८२
  • होमपेज
  • राजनीति
  • सुशीला कार्कीको डरले म भाग्दिनँ, गृहमन्त्री बाबु पनि धेरै नचम्किनू : ओली

सुशीला कार्कीको डरले म भाग्दिनँ, गृहमन्त्री बाबु पनि धेरै नचम्किनू : ओली

  • बिहिबार, अशोज २३, २०८२
सुशीला कार्कीको डरले म भाग्दिनँ, गृहमन्त्री बाबु पनि धेरै नचम्किनू : ओली

काठमाडौं — नेकपा एमालेका अध्यक्ष केपी ओलीले अहिलेको सरकार बलमिच्याइँले बनेको टिप्पणी गरेका छन् ।

भक्तपुरमा आयोजित कार्यक्रममा उनले सुशीला कार्की नेतृत्वको सरकार संविधान अनुसार नबनेको दाबी गरे ।

उनले भने, ‘अहिलेका प्रधानमन्त्रीले प्रधानमन्त्री बन्नका लागि शर्त राख्नुभयो- संसद् विघटन भएमात्रै बन्छु, नत्र देशमा जेन-जीले आगो बाल्छन् । लोकतन्त्रको जग भत्काउने शर्तमा प्रधानमन्त्री हुनुभयो ।’

संविधानभन्दा बाहिर गएर प्रधानमन्त्री बन्नको लागि कार्की २३ र २४ गते जेन-जी बनेर सडकमा उत्रिएको ओलीले टिप्पणी गरे । राष्ट्रपतिले फागुन २१ चुनाव गर्न भनेर तोकिदिएको बताए ।

उनले थपे, ‘यो सरकार नेपालीको होइन । अरू कसको हो भन्ने थाहा छैन । उहाँहरू एउटा खास उद्देश्यले काम गरिराख्नुभएको छ ? कहिले केपी ओलीलाई पक्राउ गर्न राति ३ बजेसम्म बैठक गर्ने, कहिले केपी ओलीको पासपोर्ट रोक्ने अनि कहिले केपी ओलीलाई उपत्यका बाहिर जान नदिने यस्तो तमासा नगर्नू । यस्ता सडक तमासाले डराउने मान्छे होइन केपी ओली । सुशीला कार्कीको डरले भाग्छ केपी ओली ?’

उनले सुशीला कार्कीको डरले केपी ओली नभाग्ने बताए । अहिलेको गृहमन्त्रीको नाम आफूले गृहमन्त्री भएपछि मात्रै सुनेको भन्दै धेरै नचम्किन चेतावनी दिए ।

‘गृहमन्त्रीबारे त मैले भएपछि मात्र थाहा पाएँ । गृहमन्त्री बाबुलाई म धेरै नउत्ताउलिन, नचम्किन सल्लाह दिन चाहन्छु । राजनीति, देश चलाउने कुरा ख्याल ठट्टा होइन । बुझेर चल्न म सुझाव दिन्छु’, ओलीको भनाइ थियो ।

चर्चामा

सम्बन्धित समाचार