शुक्रबार, मंसिर २०, २०८२
  • होमपेज
  • बजार
  • सुनको मूल्य हालसम्मकै उच्च, तोलामा २ लाख ३९ हजार नाघ्यो

सुनको मूल्य हालसम्मकै उच्च, तोलामा २ लाख ३९ हजार नाघ्यो

  • बिहिबार, अशोज २३, २०८२
सुनको मूल्य हालसम्मकै उच्च, तोलामा २ लाख ३९ हजार नाघ्यो
फाइल

नेपाली बजारमा एक तोला सुनको मूल्य २ लाख ३९ हजार नाघेको छ। बुधबार २६ सयले बढेर ऐतिहासिक रेकर्ड कायम गरेको सुनको मूल्य आज १२ सय रुपैयाँले बढेर हालसम्मकै उच्च बिन्दुमा पुगेको हो।

नेपाल सुन-चाँदी व्यवसायी महासंघका अनुसार बिहीबार १२ सय रुपैयाँले बढेर एक तोला सुनको मूल्य २ लाख ३९ हजार २०० पुगेको हो। यो हालसम्मकै उच्च मूल्य हो। बुधबार एक तोला सुन २ लाख ३८ हजार रुपैयाँमा खरिदबिक्री भएको थियो।

यसैगरी सुनको मूल्यले कीर्तिमानी बनाएसँगै चाँदीको भाउ पनि हालसम्मकै उच्च बिन्दुमा पुगेको छ। महासंघका अनुसार आज एक तोला चाँदीको मूल्य ३ हजार २५ रुपैयाँ पुगेको छ। बुधबार सोही परिमाणको चाँदी २ हजार ९५५ रुपैयाँमा खरिदबिक्री भएको थियो।

चर्चामा

सम्बन्धित समाचार