
बाजुरा—बाजुराको बुढीनन्दा नगरपालिकामा युवाहरुले तालाबन्दी गरेका छन् । बुधवार युवाहरुले जनताको मागअनुसार काम गर्न नसकेको भन्दै नगरपालिकाको कार्यालयमा तालाबन्दी गरेका हुन् ।
युवाहरुले नगरपालिकाको कोल्टी बजारमा तत्काल खानेपानी र नियमित विद्युत सेवाको व्यवस्था गर्न माग गर्दै ताला लगाएका हुन् ।
त्यस्तै प्रहरीकाअनुसार नगरपालिकाले पालिकामा खानेपानी र विद्युतको व्यवस्था गर्न नसकेको भन्दै स्थानीय युवाहरुको समूहले ताला लगाएको जनाएको छ ।
