शुक्रबार, मंसिर २०, २०८२
  • होमपेज
  • बाजुरा बिशेष
  • विश्व हुलाक दिवस : बाजुरामा सेवा र सन्देशसँगै देउडा कार्यक्रम हुने

विश्व हुलाक दिवस : बाजुरामा सेवा र सन्देशसँगै देउडा कार्यक्रम हुने

  • सोमवार, अशोज २०, २०८२
विश्व हुलाक दिवस : बाजुरामा सेवा र सन्देशसँगै देउडा कार्यक्रम हुने

बाजुरा— विश्व हुलाक दिवसको १५१औँ बिश्व हुलाक दिवसको अवसरमा बाजुरामा यस वर्ष हुलाक सेवाको महत्व र प्रभावकारिता उजागर गर्न विशेष कार्यक्रम आयोजना हुने भएको छ । Post for People: Local Service Global Reach भन्ने मूल नाराका साथ जिल्ला हुलाक कार्यालय, बाजुराले देउडा कार्यक्रमकाे आयाेजना गर्ने तयारी गरेको हो ।
जिल्ला हुलाक कार्यालय बाजुराका प्रमुख उत्तम बमका अनुसार असोज २२ गते बिहान ९ बजेबाट सुरु हुने सो कार्यक्रममा जिल्लाभरका युवा, विद्यार्थी, शिक्षक तथा सामुदायिक समूहको सहभागिता रहने बताएका छन । हुलाक सेवाको उपयोगिता, जनसेवामा यसको योगदान र स्थानीय तहमा यसको पहुँचलाई बलियो बनाउनका लागि प्रतियोगिता मार्फत सचेतना फैलाउने उद्देश्य राखिएको कार्यालय प्रमुख बमले बताएका छन ।
प्रतियोगितामा कम्तीमा १२ सदस्यीय समूहले सहभागी हुन पाउनेछन् । सवाल–जवाफ तथा विषयगत ज्ञानका आधारमा मूल्यांकन गरी उत्कृष्ट समूहलाई पुरस्कृत गरिनेछ । नाम दर्ता असोज २० गतेदेखि २२ गते बिहान ८ बजेसम्म रहने कार्यालयले जनाएको छ । कार्यक्रम खुला मञ्च मार्तडीमा सञ्चालन हुने र इच्छुक समूहले जिल्ला हुलाक कार्यालयमा सम्पर्क गर्न सकिने जनाएको छ ।
कार्यालय प्रमुख बमका अनुसार हुलाक सेवा अहिले पनि ग्रामीण भेगमा पहुँच र विश्वासको प्रतीकका रूपमा स्थापित छ । डिजिटल युगमा पनि पत्र, पार्सल र सरकारी कागजात आदान–प्रदानमा यसको भूमिका घटेको छैन, बरु अझ जिम्मेवारी थप हुदै गएकाे अवस्था  छ । यही सन्देशलाई स्थानीय समुदायमा सन्देश पुर्‍याउन प्रतियोगिता उपयोगी हुने विश्वास रहेको बताएका छन ।
कार्यक्रमका विजेतालाई आकर्षक पुरस्कारको व्यवस्था गरिएको छ  जसमा पहिलो हुने समुहलाई रु. १० हजार, दोस्रोलाई रु. ७ हजार र तेस्रो हुने टोलीलाई रु. ५ हजारका दरले नगद प्रदान पुरस्कार प्रदान गरिने बताएका छन । हुलाक दिवसको अवसरमा आयोजना गरिने यस्ता गतिविधिहरूले नागरिक र राज्यबीचको सूचना प्रवाह सुदृढ गर्न, ग्रामीण क्षेत्रमा सरकारी सेवामा विश्वास बढाउन र हुलाक सेवाको दायरा अझ विस्तार गर्न मद्दत पुग्ने अपेक्षा गरिएको छ ।

चर्चामा

सम्बन्धित समाचार