
सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका पश्चिमी भू-भाग र गण्डकी प्रदेशको पश्चिमी भू-भागको थोरै स्थानबाट यस वर्षको मनसुन बाहिरिएको छ । मनसुनी वायु कमजोर हुँदै गइरहेकाले नेपालको बाँकी भूभागबाट पनि केही दिनमा मनसुन बाहिरिने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
नेपालमा गएको जेठ १५ गते भित्रिएको मनसुन असार ६ गते देशभर फैलिएको थियो । मनसुन बाहिरिने सरदर मिति अक्टोबर २ रहे पनि उत्तरार्धमा पुगेका बेला पुन सक्रिय भएको छ ।
मनसुनी वायुको प्रभाव, स्थानीय प्रणाली र बङ्गालको खाडीबाट उत्पन्न न्यूनचापीय प्रणालीका कारण शुक्रबारदेखि आइतबारसम्मै अति भारीदेखि समान्य वर्षा भएको थियो । सोमबारदेखि मौसममा सुधार देखिएको छ ।
