शुक्रबार, मंसिर २०, २०८२
  • होमपेज
  • समाचार
  • आजको मौसम पूर्वानुमान: सुदूरपश्चिम लगायतका प्रदेशमा मेघगर्जनसहित वर्षा

आजको मौसम पूर्वानुमान: सुदूरपश्चिम लगायतका प्रदेशमा मेघगर्जनसहित वर्षा

  • सोमवार, अशोज २०, २०८२
आजको मौसम पूर्वानुमान:  सुदूरपश्चिम लगायतका प्रदेशमा मेघगर्जनसहित वर्षा

हाल देशभर मनसुनी वायुको प्रभाव कायमै रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखका अनुसार कोशी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा साधारणतया बदली रही बाँकी भागमा आंशिक बदली रहने छ।

यसैगरी कोशी, बागमती, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै तथा बाँकी प्रदेशका पहाडी तथा तराई भू भागका स्थानमा मेघगर्जन/चट्याङ सहित मध्यम वर्षाको सम्भावना रहेको छ।

आज राती कोशी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा साधारणतया बदली रही बाँकी भू भागमा आंशिक बदली रहने महाशाखाल जनाएको छ।

कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी र तराईका भू-भागका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङ सहित मध्यम वर्षाको सम्भावना रहेको छ।

चर्चामा

सम्बन्धित समाचार