शुक्रबार, मंसिर २०, २०८२
  • होमपेज
  • क्रिकेट
  • आजदेखि नेपाल र मलेसियाको टी-२० सिरिज

आजदेखि नेपाल र मलेसियाको टी-२० सिरिज

  • बिहिबार, अशोज १६, २०८२
आजदेखि नेपाल र मलेसियाको टी-२० सिरिज

नेपाली राष्ट्रिय महिला टोलीले आजदेखि मलेसियासँग टी-२० सिरिज खेल्दैछ । नेपाल क्रिकेट संघ क्यानका अनुसार नेपालले मलेसियासँग पाँच वटा अन्तर्राष्ट्रिय सिरिज खेल्ने छ ।

सिरिजको पहिलो खेल बिहीबार दिउँसो ४ : १५ बजे सुरु हुँदैछ । थप खेल चार खेल असोज १८, १९, २१ र २२ गते हुनेछन् । इन्दु बर्माको कप्तानीमा रहेको नेपाली टिम एक साता अगाडि नै मलेसिया पुगिसकेको छ ।

नेपाली महिला टोली

इन्दु वर्मा, पूजा महतो, राममति ऐरी, सम्झना खड्का, कविता जोशी, रिया शर्मा, सोमु विष्ट, रचना चौधरी, रुबी पोद्दार, यशोदा विष्ट, सावित्रा धामी, कविता कुँवर, रुविना क्षेत्री र सीता रानामगर ।

चर्चामा

सम्बन्धित समाचार