
बाजुरा– बाजुराका किसानलाई दशैँभन्दा कामको चटारो बढेको छ। गाउँघरमा बालीनाली भित्र्याउने,घाँस काट्न बाजुराली किसान दशैँभन्दा काममा व्यस्त देखिएका छन्। बाजुराका किशान यतिबेला अष्टमीको दिन दशैं मनाएर अन्नबाली भित्र्याउनमै व्यस्त रहेका देखिन्छन।
दशैंभन्दा पनि यतिबेला गाउँघरमा कामको चटारो बढेको बाजुराका किशानहरुले बताएका छन। दशैंभन्दा घाँस काट्ने, गाईवस्तु गाउँमा भित्र्याउने, अन्नवाली भित्र्याउन व्यस्त भइन्छ उनिहरु बताउछन। दशैं शहर बजारतिर धुमधामका साथ मनाउने गरेपनि गाउँमा भने कामको चटारोले राम्रोसँग आराम गर्न समेत नपाइने बडीमालिका नगरपालिकाका एक किशानले बताए।
