शुक्रबार, मंसिर २०, २०८२
  • होमपेज
  • समाज
  • बाजुराकाे बुढीग‌गामा मृत फेला परेकी महिलाकाे पहिचान खुल्याे

बाजुराकाे बुढीग‌गामा मृत फेला परेकी महिलाकाे पहिचान खुल्याे

  • मङ्लबार, अशोज १४, २०८२
बाजुराकाे बुढीग‌गामा मृत फेला परेकी महिलाकाे पहिचान खुल्याे

बाजुरा– बाजुरामा मृत अवस्थामा फेला परेकी महिलाकाे पहिचान खुलेकाे छ ।साेमबार जिल्लाकाे बुढीगंगा नगरपालिका वडा नं ६ स्थित खोलामा बेवारिसे अवस्थामा फेला परेको महिलाकाे पहिचान खुलेकाे हाे ।

मृत फेला परेकी महिला बुढिगङ्गा नगरपालिका वडा नम्बर ५ निमनी बस्ने वीर बहादुर थापाकी  श्रीमती  ४५ बर्षकी ईश्वरी थापा रहेकी जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरिक्षक तथा सूचना अधिकारी देव बहादुर चाैधरीले बताए ।

उनका अनुसार,कालापानीको झुलङ्गे पुल नजिकै उनकाे शव फेला परेकाे थियाे । प्रहरीको टोली करिब पाँच बजे घटनास्थलमा पुगि ७ बजेतिर उक्त शव पाेस्टमार्टमका लागी जिल्ला अस्पताल पठाईएकाे थियाे । घटनाबारे थप आवश्यक अनुसन्धान भईरहेकाे प्रहरीले बताएको छ।

चर्चामा

सम्बन्धित समाचार