शुक्रबार, मंसिर २०, २०८२
  • होमपेज
  • बाजुरा बिशेष
  • समाजिक सद्भाव कायम गरी चाडपर्व मनाउन प्रशासनको आग्रह

समाजिक सद्भाव कायम गरी चाडपर्व मनाउन प्रशासनको आग्रह

  • सोमवार, अशोज १३, २०८२
समाजिक सद्भाव कायम गरी चाडपर्व मनाउन प्रशासनको आग्रह

बाजुरा– जिल्ला प्रशासन कार्यालय बाजुराले हिन्दुहरुको महान चाड बडा दशैंलाई सभ्य, सु संस्कृत र सामाजिक ऐक्यवद्धको सद्भाव कायम गरी चाडपर्व मनाउन आग्रह गरेको छ । आइतबार जिल्ल प्रशासना कार्यालय बाजुराले जारी गरेको सार्वजनिक सूचना मार्फत चाडपर्व संँस्कृतिक,परम्परा,आपसी सद्भाव र एकता झल्काउने मौलिक धरोहर रहेको जनाएको छ ।
प्रमुख जिल्ला अधिकारी गणेश प्रसाद पौडेलद्धारा जारी सार्वजनिक सूचना मार्फत नागरिकहरु बीचको आपसी सहयोग,सम्मान,सामाजिक अनुशासन पालना हाम्रो मौलिक धरोहरलाई जगेर्ना गर्दै समाजलाई गतिशिल र सम्भय बनाउनुपर्ने उल्लेख गरिएको छ ।
पौडेलद्धारा हस्ताक्षरित सूचनामा जिल्लाका नागरिकहरुलाई शुभकामना सन्देश प्रवाह गर्दै चाडपर्वलाई सबैले सहयोग र सहकार्य गर्दै एकताको पर्व मनाउन आग्रह गरिएको छ । प्रशासनले जारी गरेको सार्वजनिक सूचना जिल्लामा हुने विभिन्न बजारहरुमा दैनिक उपभोग्य सामग्री लगायतका सम्बन्धित निकायहरुले अनुगमन तथा निरिक्षण गर्न आग्रह गरिएको छ ।
सूचनामा ६ वटा बुँदामा सबैले ख्याल गरेर जिल्लामा कृतिम अभाव हुन नदिनका लागि बजार अनुथमन लगागतका काम गर्न गराउन अनुरोध प्रशासनले गरेको छ ।
जिल्लामा हुने दैनिक उपभोग्य वस्तुको कृत्रिम अभाव सिर्जना गर्ने, कालोबजारी, मूल्यवृद्धि,्रम्याद नाघेको वस्तु विक्री वितरण नगर्ने, चाडपर्वको समयमा उपभोग्य वस्तुको आपूर्ति र स्वास्थ्य जस्ता अन्य आपतकालिन सेवा सुचारु गर्ने, यसका लागि जिल्लाका उपलव्ध जनशक्ति र स्रोत साधन तयारी अवस्थामा राख्ने, चाडपर्वको बाहनामा धार्मिक,जातिय वा सामाजिक सद्भावमा खलल पुग्ने कुनै गतिविधी नगर्न र गैर कानुनी रुपमा चिठ्ठा र जुवातासको कारोबार संचालन नगर्न सूचनामा उल्लेख गरिएको छ ।
यस्तै सवारी साधनमा क्षमता भन्दा बढी यात्रु नराख्ने,मादक पदार्थ सेवन गरेर सवारी साधन नचलाउने, तोकिएको भाडादर भन्दा बढी भाडा नलिने,ट्राफिक नियमको पालना गर्ने, यात्रुले कुनै सहयोग आवश्यक परेमा सुरक्षाकर्मी वा ट्राफिक प्रहरी वा यात्रु सहायता कक्षमा सम्पर्क गर्ने, मनसुनका कारण बिग्र भत्केका सडक मर्मत गरी नियमित चालु अवस्थामा ल्याउने र यात्रा गर्दा सुरक्षा सतर्कता अपनाउने र भीडभाड जन्य गतिविधी गरी समानमा अशान्ति तथा अशोभनिय क्रियाकलाप लगायत कार्य नगर्ने भनिएको छ ।
प्रशासनले जारी गरेको सूचनाको विपरित कुनै गतिविधी तथा क्रियाकलाप गरेको पाइएमा पू्रचलित कानुन बमोजिम कारबाही गरिने पनि उल्लेख छ ।
May be an illustration of blueprint, ticket stub and text

चर्चामा

सम्बन्धित समाचार