
बाजुरा– बाजुरा जिल्लामा बिभिन्न कार्यक्रम गरेर साताब्यापी विश्व रेविज विरुद्धको दिवस मनाईने भएको छ । भेटेनरी अस्पताल तथा पशुसेवा बिज्ञ केन्द्र बाजुरा र बडिमालिका नगरपालिकाको संयूक्त आयोजनामा साताब्यापी विश्व रेविज विरुद्धको दिवस बिबिध कार्यक्रमका गर्दै समापन गरेकाे हाे । आइतबार बिहान एक कार्यक्रममा विच दिवसको औपचारीक रुपमा समापन गरिएको भेटेनरी अस्पताल तथा पशुसेवा बिज्ञ केन्द्र बाजुराका प्रमुख सिद्धराज जाेशीले बताए ।
विश्व रेविज दिवस २०८२ को अवसरमा विभिन्न सचेतनामूलक कार्यक्रमहरू सहित रेविजविरुद्धको खोप अभियान सञ्चालन भइरहेको छ। “Educate, Vaccinate, Eliminate” भन्ने नारासहित असोज ६ गतेदेखि १२ गतेसम्म (सेप्टेम्बर २२–२८, २०२५) जिल्लाभर ‘रेविज सप्ताह’ मनाइने भएको भेटेनरी अस्पताल तथा पशुसेवा बिज्ञ केन्द्र बाजुराले जनाएकाे छ।
घरपालुवा विरालो तथा कुकुरलाई नियमित रेविजविरुद्धको खोप लगाउनुपर्ने आवश्यकता बारे सचेतना जगाउने उद्देश्यले बडीमालिका नगरपालिकाको पशु सेवा शाखा र भेटेनरी अस्पताल तथा पशुसेवा बिज्ञ केन्द्र बाजुराले विशेष अभियानको आयोजना गरेको जनाएकाे छ। खोप अभियान अन्तर्गत घरपालुवा जनावरका लागि भेटेरिनरी अस्पताल तथा पशु सेवा वितरण केन्द्र, बाजुरामा निःशुल्क खोप लगाइने पशु सेवा शाखाले जनाएको छ।
विश्व स्वास्थ्य संगठनका अनुसार रेविज रोग कुकुर वा अन्य जनावरको टोकाइबाट सर्ने घातक रोग हो। यसविरुद्ध समयमै खोप लगाउँदा रोग पूर्णरूपमा नियन्त्रणमा ल्याउन सकिने भएकाले नियमित खोपलाई अनिवार्य बनाइएको छ। बडीमालिका नगरपालिकाकाे पशु सेवा शाखा प्रमुखका अनुसार “बाजुरामा हरेक वर्ष रेविजका कारण समस्या देखिने भएकाले यस वर्ष पनि घरपालुवा जनावरलाई खोप लगाउन विशेष अभियान सञ्चालन गरिएको बताएका छन।“
रेविज नियन्त्रणका लागि खोप लगाउने मात्र नभई समुदायस्तरमा जनचेतना फैलाउनुपर्ने आवश्यकता रहेको विशेषज्ञहरूको भनाइ छ। यसै सन्दर्भमा भेटेनरी अस्पताल तथा पशुसेवा बिज्ञ केन्द्र बाजुरा र बडीमालिका नगरपालिका पशु सेवा शाखाले विभिन्न जानकारीमूलक सामग्री वितरण गर्ने र विद्यालय, टोलस्तरमा सचेतना कार्यक्रमसमेत सञ्चालन गर्दै आएकाे जनाएकाे छ। रेविज रोगबाट मानव स्वास्थ्यमा गम्भीर जोखिम हुने भएकाले यसलाई निर्मूल पार्न स्थानीय तह, पशु चिकित्सक, समुदाय र पशुपालक सबैको साझा प्रयास आवश्यक रहेकोमा सरोकारवालाले जोड दिएका छन्।
भेटेनरी अस्पताल तथा पशुसेवा बिज्ञ केन्द्र बाजुराका प्रमुख सिद्धराज जाेशीकाे अध्यक्षतामा सचालन भएको कार्यक्रमको प्रमुख अतिथि प्रमुख जिल्ला अधिकरी गणेश प्रसाद पौडेल रहेका थिए । कार्यक्रमको संचालन भेटेनरी अस्पताल तथा पशु विज्ञ केन्द्रका जगत थापाले गरेका थिए ।
