शुक्रबार, मंसिर २०, २०८२
  • होमपेज
  • बडिमालिका
  • बडीमालिका नगरपालिकाद्धारा बजार अनुगमन

बडीमालिका नगरपालिकाद्धारा बजार अनुगमन

  • शुक्रबार, अशोज १०, २०८२
बडीमालिका नगरपालिकाद्धारा बजार अनुगमन

बाजुरा— बाजुरा जिल्लाको सदरमुकाम मार्तडीमा रहेको बजारमा अनुगमन गरिएको छ । बडीमालिका नगरपालिका भित्र रहेका दैनिक उपभोग्य साम्रगी राखीएका पसलहरुको अनुगमन गरिएको हो । पसलहरुले मापदण्ड अनुसार संचालन भए नभएको र पसलहरुमा दैनिक उपभोग्य सामानहरुको अनुगमन गरिएको बडिमालिका नगरपालिका उप प्रमुख तथा अनुगमन संयोजक नन्दा थापाले बताएकी छन ।

बजार अनुगमनका क्रममा दर्ता भए नभएको दर्ता भए हाल सम्म कर तिरेको वा नतिरेको र दैनिक उपभोग्य बस्तुहरुको मिति गुर्जेका कुराहरु मापदण्ड बनाएर बजार अनुगमन गरिएको बडिमालिका नगरपालिकाले जनाएको छ । बडिमालिका नगरपालिकाले गरेको पटक पटक अनुगमन गरेको भए पनी केही ब्यापारीहरुले अटेर गर्ने गरेकोले यसपछि पनी त्यस्तो गरेमा उपभोक्ता हक ऐन अन्तरगत कार्बाही गरिने बडीमालिका नगरपालिकाले जनाएको छ ।

बजार क्षेत्रमा रहेका पसल अनुगमन गर्दा धेरै जसो ब्यापारीहरुले ब्यबासायीक पसल दर्ता नगरेको पाइएको बडिमालिका नगरपालिका उपप्रमुख नन्दा थापाले बताइन । नगरपालिकाको निती अनृसार यस क्षेत्रमा रहेका ब्यापार ब्यावासाय संघ संस्थाहरुले बडीमालिका नगरपालिकामा दर्ता तथा नविकरण गर्नुपर्ने ब्यबस्था गरेको छ । तर बडीमालिका नगरपालिकाका अधिकांस ब्यबासायीहरुले अटेर गरेको पाईएको अनुगमन समितिका एक सदस्यले बताए ।

उपप्रमुख थापाको संयोजकत्वमा गरिएको अनुगमनमा जिल्ला स्थित जिल्ला प्रशासन कार्यालय बाजुराका प्रतिनिधी, जिल्ला प्रहरी कार्यालय, घरेलु तथा साना उध्योग बिकास समितिका प्रतिनिधी बिभिन्न संचारमाध्यायममा कार्यरत पत्रकारहरुको सहभागीतामा बजार अनुगमन गरिएको बडीमालिका नगरपालिकाका प्रबक्ता धर्मराज पाध्यायले बताएका छन ।

अनुगमनका क्रममा बिभिन्न मापदण्डका आधारमा अनुगमन गरिएको र केही मात्रमा त्यस्ता सामानहरु फेला परेकोले जफत गरि नष्ट गर्ने कार्य गरिएको प्रबक्ता पाध्यायले बताए ।

चर्चामा

सम्बन्धित समाचार