
बाजुरा– नेपाल कम्युनिष्ट पार्टी (एमाले) बाजुराले बडा दशैं, शुभ दीपावली तथा छट पर्बको अवसरमा विशेष शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न गरेको छ। एकता र सदभावको सन्देश दिने उदेस्यका साथ शुभकाना आदान प्रदान कार्यक्रमको आयोजना गरिएको हो । यो शुभकाना आदान–प्रदान कार्यक्रमलाई जिल्लामा एमालेको संगठनात्मक सक्रियता बढाउने, कार्यकर्ताबीच आत्मीयता मजबुत पार्ने र जनस्तरसँग पार्टीको सम्पर्क बलियो बनाउने अवसरका रूपमा लिइएको छ । पर्वलाई राजनीतिक दलहरूले जनसम्पर्क र जनजागरणसँग जोड्ने परिपाटी यसपालि पनि निरन्तर भएको एमाले बाजुराका सचिव काशी विकले बताएका छन ।
कार्यक्रममा शुभकामना मन्तब्यको क्रममा प्रमुख अतिथि तथा नेकपा एमाले केन्द्रीय सदस्य बाजुरा जिल्ला इन्चार्ज लाल बहादुर थापाले आगामी निर्वाचन र संगठन विस्तारलाई लक्षित गर्दै पार्टीका कार्यकर्तालाई सशक्त बन्नुपर्नेमा जोड दिए । उनले भने, “दशैं र तिहारले हाम्रो सामाजिक सद्भाव, मेलमिलाप र भाइचारा बढाउने मात्र होइन, राजनीतिक चेतनालाई पनि बलियो बनाउँछ । बाजुरा जस्तो भौगोलिक दृष्टिले चुनौतीपूर्ण जिल्लालाई मुलधारको विकासमा ल्याउन हाम्रो प्रमुख दायित्व हो।” उनले भने बाजुरा अव दुर्गम मात्र होइन यहा धेरै सम्भावना भएको जिल्ला हो यसलाई सहि तरिकाबाट सदुपयोग गर्न अनुरोध गरेका छन । अहिलेको अबस्थामा राजिनीक संकटमा एकताको आबस्यक रहेकोले सबै नेता तथा कार्यक्रताहरुले एक भएर लाग्नुपर्ने बेला भएको बताएका छन ।
शुभकामना आदाप्रदान कार्यक्रमका बिषिष्ठ अतिथि नेकपा एमाले सुदुरपश्चिम प्रदेश कमिटी सचिवालय सदस्य गगन रावलले बाजुराको विकासका लागि एमाले निरन्तर संघर्षरत रहेको उल्लेख गर्दै भने, “आजको चुनौती जनताको अपेक्षाअनुसार काम गर्न सक्ने नेतृत्व उत्पादन गर्नु हो। एमालेले संगठन बलियो बनाएर मात्रै होइन, जनताको वास्तविक समस्या समाधान गरेरै विश्वास जित्ने काम सबैले लाग्नुपर्ने वेला भएको छ।”
कार्यक्रमका अध्यक्ष तथा नेकपा एमाले जिल्ला कमिटि बाजुराका अध्यक्ष लालबहादुर ओलीले शुभकामना व्यक्त गर्दै पार्टीलाई अझै सबल बनाउन सबै कार्यकर्ताले संयुक्त प्रयास गर्नुपर्ने बताए। उनले भने, “दशैं–तिहारले दिएको एकताको सन्देशलाई हामीले संगठनमा परिणत गर्नुपर्छ। बाजुराको विकास र समृद्धिको लागि हामी सबैको साझा भूमिका आवश्यक छ।”
प्रमुख अतिथि, प्रदेश नेतृत्व र जिल्ला अध्यक्षको संयुक्त उपस्थिति तथा भनाइहरूले पार्टीभित्र एकता र जनताप्रतिको प्रतिबद्धता पुनः प्रस्ट्याएको पाइएको कार्यक्रमका सहभागीहरुले बताएका छन । यसले जिल्लाको आगामी राजनीतिक समीकरणमा एमालेलाई अझ सक्रिय र प्रभावकारी बनाउन मद्दत गर्ने अपेक्षा गरिएको उनिहरुको भनाई रहेको छ ।
नेकपा एमाले जिल्ला कमिटि बाजुराका अध्यक्ष लालबहादुर ओलीको अध्यक्षतामा संचालन गरिएको कार्यक्रममा प्रमुख अतिथिका रूपमा नेकपा एमाले केन्द्रीय सदस्य तथा बाजुरा जिल्ला इञ्चार्ज लालबहादुर थापा रहेका थिए । कार्यक्रमा बिषिष्ठ अतिथि नेकपा एमाले सुदुरपश्चिम प्रदेश कमिटि सचिवालय सदस्य गगन रावल रहेका थिए ।
कार्यक्रमको एमाले बाजुराका सचिव काशी विकले सञ्चालन गरेका थिए भने स्वागत मन्तव्य नेकपा एमाले बाजुराका उपाध्यक्ष जनककुमार बोहराले गरेका थिए। कार्यक्रममा नेकपा एमाले जिल्ला कमिटी पदाधिकारी तथा सदस्य बिभिन्न जनबर्गिय संगठनका प्रमुख तथा प्रतिनिधीहरु सहभागी रहेका थिए ।
