शुक्रबार, मंसिर २०, २०८२
  • होमपेज
  • राजनीति
  • बाबुराम भट्टराईले दिए अध्यक्षबाट राजीनामा

बाबुराम भट्टराईले दिए अध्यक्षबाट राजीनामा

  • बुधबार, अशोज ८, २०८२
बाबुराम भट्टराईले दिए अध्यक्षबाट राजीनामा

काठमाडौं— नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष डा. बाबुराम भट्टराईले अध्यक्षबाट राजीनामा दिएका छन् ।

उनले बुधबार काठमाडौंमा बसेको पार्टी केन्द्रीय समिति बैठकमा राजीनामा पेश गरेका हुन् । बैठकले केन्द्रीय समिति भंग गरेर विशेष महाधिवेशनमा जाने निर्णय गरेको छ ।

साथै, महाधिवेशनका लागि आयोजक कमिटी पनि गठन गरिएको छ ।

आयोजक कमिटीको संयोजकका रुपमा वरिष्ठ उपाध्यक्ष दुर्गा सोबलाई तोक्ने तयारी रहेको बैठकमा सहभागी एक केन्द्रीय सदस्यले जानकारी दिए ।

चर्चामा

सम्बन्धित समाचार