शुक्रबार, मंसिर २०, २०८२
  • होमपेज
  • बजार
  • सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा

सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा

  • सोमवार, अशोज ६, २०८२
सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा

काठमाडौं— सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको छ । आज सुन प्रतितोला रू दुई लाख १७ हजार ८०० मा खरिद बिक्री हुने नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

आइतबार प्रतितोला दुई लाख १७ हजार १०० मा काराेबार भएकोमा आज सात सय बढेको हो ।

त्यस्तै, आज चाँदी प्रतितोला रू दुई हजार छ सय ५० मा खरिद बिक्री हुनेछ । अन्तरराष्ट्रिय बजारमा आज सुन प्रतिऔंस तीन हजार छ सय ९१ अमेरिकी डलर हाराहारीमा कारोबार भइरहेको छ ।

चर्चामा

सम्बन्धित समाचार