शुक्रबार, मंसिर २०, २०८२
  • होमपेज
  • राजनीति
  • सीके राउतलाई नेतृत्व छोड्न २४ घण्टे अल्टिमेटम

सीके राउतलाई नेतृत्व छोड्न २४ घण्टे अल्टिमेटम

  • बुधबार, अशोज १, २०८२
सीके राउतलाई नेतृत्व छोड्न २४ घण्टे अल्टिमेटम

काठमाडौं— जनमत पार्टीका पदाधिकारीसहितका नेताहरूले अध्यक्ष सीके राउतलाई नेतृत्व छाड्न २४ घण्टे अल्टिमेटम दिएका छन् ।

वरिष्ठ उपाध्यक्ष अब्दुल खान, केन्द्रीय प्रवक्ता शरदसिंह यादव, जनमत युवा संघका संयोजक सञ्जयकुमार यादवलगायतका ६ जना नेताले सामूहिक हस्ताक्षर गरी नेतृत्वले मार्ग प्रशस्त गरिएमा पार्टीलाई थप सशक्त, लोकतान्त्रिक, जवाफदेही र जनउत्तरदायी संस्थामा रूपान्तरण गर्न एकजुट भएर लाग्ने उल्लेख गरिएको छ ।

संगठन विभागका प्रमुख समेत रहेका सीके राउतका सहोदर दाजु जयकान्त राउतलाई पद छाड्न भनिएको छ ।

जेन जी ले सञ्चालन गरेको आन्दोलनले नेपालको राजनीतिमा ऐतिहासिक मोड ल्याएको साथै आन्दोलनले सत्तारूढ गठबन्धन सरकार, प्रधानमन्त्री, गठबन्धनका शीर्ष नेता तथा प्रमुख प्रतिपक्षी दलका नेताहरूको अकर्मण्यता र अनियमितताविरुद्ध गम्भीर प्रश्न उठाएको उनीहरूले उल्लेख गरेका छन् ।

अध्यक्षलाई सम्बोधन गरिएको पत्रमा भनिएको छ, ‘देशको राजनीतिक, सामाजिक तथा प्रशासनिक प्रणालीमा व्यापक शुद्धीकरणको आवश्यकता दिन प्रतिदिन तीव्र रूपमा महसुस भइरहेका बेला जनमत पार्टीले समेत आत्मसमीक्षा गर्दै परिवर्तनको मार्ग अपनाउनु अत्यावश्यक भइसकेको छ ।’

जनताको भरोसा र समर्थनले पार्टीलाई राष्ट्रिय पार्टीको मान्यता दिएपनि पछिल्लो शीर्ष नेतृत्वबाट कमजोर कार्यशैली, निर्णय प्रक्रियामा पारदर्शीताको अभाव तथा जनभावनासँग विमुख गतिविधि देखिएको उनीहरूको भनाइ छ ।

चर्चामा

सम्बन्धित समाचार