शुक्रबार, मंसिर २०, २०८२
  • होमपेज
  • कला /साहित्य
  • कविता : सुशासन, व्यावसायिक र सृजनशील प्रशासन

कविता : सुशासन, व्यावसायिक र सृजनशील प्रशासन

  • बुधबार, अशोज १, २०८२
कविता : सुशासन, व्यावसायिक र सृजनशील प्रशासन

बनाइएको ताल होइन प्रशासन

धमिलो र स्थिर पानी जमिरहने

यो त,

हो निश्चल, निष्पक्ष, स्वतन्त्र बगिरहने नदी

जो धमिलोलाई निश्चल बनाई अघि बढिरहन्छ

तब त

भनसुन र आदेशको स्वर होइन प्रशासन

बनिरहेको छ भविष्य कोर्ने नक्सा त्यहाँ

रेखा रेखामा पारदर्शिता,

मोड-मोडमा जवाफदेहिता जहाँ

त्यसैले त अब मौनतामा होइन

क्रियाशीलता गुञ्जन्छ

कार्यकक्षको पर्खालभित्र

नीतिहरू कागजमा नअल्झि

कार्यान्वयन हुने युगको आरम्भ हो यो ।

व्यावसायिकता रित्तो पहिचान नभई

यो त,

समयको मूल्य बुझ्ने,

सेवाको गहिरो सम्मान गर्ने,

परिणाममा केन्द्रित रहने सोच हो

भिरको खोंच होइन ।

कला मात्र होइन सृजनशीलता

नवप्रवर्तनको धड्कन हो यो

जहाँ,

समस्या देख्दा

समाधान खोज्ने आँखा खुल्दछन्

हरेक काम गर्न भुल्दछन् ।

विषय छैन सुशासन, भाषणको अब

यो त,

जनताले महसुस गर्ने अनुभव

लाइनमा उभिएर हैरान नहुने व्यवस्था

सुनुवाईमा ढोका बन्द नहुने यथार्थता हो

जहाँ,

सेवक बोल्दछ, शासक होइन

नीतिगत व्यवहारले काम गर्दछ ।

भवन र सडकको नाम होइन विकास

यो त

सोचको स्तर उकास्ने प्रक्रिया

नागरिकको आँखामा देखिने

आशाको चमक हो ।

साच्चै,

सृजनशील छ आजको प्रशासन

भोलिको सम्भावना खोज्दछ

सम्मान दिँदै पुरानोलाई

नवीनतालाई अँगाल्दछ

यसरी,

व्यावसायिकता, सृजनशीलता र उत्तरदायित्व

एउटै ढुकढुकीमा धड्किन्छ जब

तब जन्मिन्छ साँचो सुशासन

त्यागी दिन्छ कुशासन

बढ्छ विकासको गति

बन्छ समृद्ध राष्ट्र

हुन्छ सपना पूरा

सुखी नेपालको ।

चर्चामा

सम्बन्धित समाचार