शुक्रबार, मंसिर २०, २०८२
  • होमपेज
  • राजनीति
  • एकपटक प्रधानमन्त्री र पार्टी प्रमुख भएका सबैले बिदा लिनुपर्छ : रावल

एकपटक प्रधानमन्त्री र पार्टी प्रमुख भएका सबैले बिदा लिनुपर्छ : रावल

  • बुधबार, अशोज १, २०८२
एकपटक प्रधानमन्त्री र पार्टी प्रमुख भएका सबैले बिदा लिनुपर्छ : रावल

नेकपा एमालेका केन्द्रीय सदस्य झपट रावलले एक पटक प्रधानमन्त्री र पार्टी प्रमुख भइसकेका अहिलेका राजनीतिक दलका सबै नेताहरूले आत्मालोचनासहित बिदा लिनुपर्ने बताएका छन् । दलहरूमा पार्टी पुनर्गठनको बहस चर्कंदै जाँदा मंगलबार सञ्जालमार्फत रावलले यस्तो बताएका हुन् ।

‘एक पटक प्रधानमन्त्री र पार्टी प्रमुख भइसकेका वर्तमान राजनीतिक दलका सबै नेताहरूले आत्मालोचना गर्दै बिदाइ लिनु आवश्यक छ,’ रावलले भनेका छन् । त्यस्तै, दोस्रो पुस्ता भनेर चिनाउने नेताहरूदे पनि जनताले बुझ्ने र सुन्नेगरी आत्मालोचना गर्नु अपरिहार्य भएको उनको भनाइ थियो ।

‘आफूलाई ‘दोस्रो पुस्ता’ भनी चिनाउन चाहने तर व्यवहारमा न त हस्तक्षेपकारी बन्न सक्ने, न त निर्णायक भूमिका खेल्न सक्ने नेताहरूले पनि खुलेर, जनताले बुझ्ने र सुन्ने गरी आत्मालोचना गर्नु अपरिहार्य छ,’ रावलले भनेका छन् ।

चर्चामा

सम्बन्धित समाचार