आइतवार, मंसिर २२, २०८२
  • होमपेज
  • देश/प्रदेश
  • देशभर मौसम बदली, यी भूभागमा भारी वर्षाको सम्भावना

देशभर मौसम बदली, यी भूभागमा भारी वर्षाको सम्भावना

  • मङ्लबार, भदौ ३१, २०८२
देशभर मौसम बदली, यी भूभागमा भारी वर्षाको सम्भावना

जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास अवस्थित रहेको जनाएको छ । यस्तै, अरब सागर तथा बङ्गालको खाडीबाट जलवाष्पयुक्त हावाको समेत प्रभाव रहेको छ ।

महाशाखाका अनुसार अहिले देशभर साधारणतया बदली रहेको छ । कोशी, मधेस र बागमती प्रदेशका थोरै स्थान तथा गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

आज दिउँसो देशभर साधारणतया बदली रहने छ । गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थान र कोशी, मधेस र बागमती प्रदेशका केही स्थानमा मध्यम वर्षाको सम्भावना छ । सुदूरपश्चिम प्रदेशका थोरै स्थान तथा बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका एकदुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ ।

यसैगरी, आज राति देशभर साधारणतया बदली रहने महाशाखाले जनाएको छ । गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थान र बाँकी भूभागका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना छ ।

चर्चामा

सम्बन्धित समाचार