शुक्रबार, मंसिर २०, २०८२
  • होमपेज
  • कला /साहित्य
  • कविता: भोलिका उज्यालो सपना: बालबालिका

कविता: भोलिका उज्यालो सपना: बालबालिका

  • आइतवार, भदौ २९, २०८२
कविता: भोलिका उज्यालो सपना: बालबालिका

बाल दिवस त सम्झना न हो
एक दिन होइन
हरेक दिन मनाइ रहनु
कर्तव्य हो
जिम्मेवारी हो हाम्रो
वाचा पनि हो यो त
बाटो बनाउँनु छ उनलाई
हिड्न भविष्यका लागि
वर्तमानको हाम्रो माया
भविष्यको प्रेरणा बनोस् उनलाई
कोही बालबालिका भोकै नबसून्,
सपना उनका अधुरो नहोउन्
मुस्कान कुनै नओइलाओस्
जाने बाटो रमाइलो होस्
आनन्ददायक पढाइ होस्
खेल्ने अधिकार सुरक्षित होस्,
प्रेम, शिक्षा, सुरक्षा र अवसर
सबैका लागि बराबर होस्

न मजदुर हुन्
न भरिया
न खेलौना हुन्
न कामदार
न बोझ बोक्ने काँधहरू हुन्
हुन् त स्नेहका फूलहरू
समाजलाई सुगन्धित बनाउँने ।

त्यसैले,
फूल्न र फल्नका लागि
गोडमेल र उकेरा लगाइ
प्रतिफल भविष्यको राम्रो बनाउने
विश्वमा पहिचान दिलाउने
देशका कलिला ती मुना
वर्तमानको हाँसो
भविष्यका आशा हुन्
जसको,
आँखामा चम्किन्छ सुनौलो भविष्य
रहन्छ सिङ्गो संसार मनमा
बोकी भविष्य उज्यालो ।

चर्चामा

सम्बन्धित समाचार