शुक्रबार, मंसिर २०, २०८२
  • होमपेज
  • बाजुरा बिशेष
  • बाजुरामा हट्यो निषेधाज्ञा, जनजीवन सामान्य बन्दै

बाजुरामा हट्यो निषेधाज्ञा, जनजीवन सामान्य बन्दै

  • शनिबार, भदौ २८, २०८२
बाजुरामा हट्यो निषेधाज्ञा, जनजीवन सामान्य बन्दै

बाजुरा—जिल्ला प्रशासन कार्यालय बाजुराले निषेधाज्ञा हटाएको छ । जिल्लामा शान्ति सुरक्षाको स्थिति सामान्य बन्दै गएको भन्दै प्रशासनले हाललाई निषेधाज्ञा आदेश स्थगित गरिएको हो ।

बाजुराका प्रमुख जिल्ला अधिकारी गणेश प्रसाद पौडेलले जिल्लामा शान्ति सुव्यवस्था कायम गर्न भदौ २५ गते बिहान ११ बजेदेखि लगाइएको कर्फ्यु र शुक्रवार जारी निषेधाज्ञा हटाइएको बताए । जिल्ला प्रशासन कार्यालयले जिल्लाभर हिजो अर्थात २७ गते बिहान ११ बजेदेखि बेलुकी ५ बजेसम्म निषेधाज्ञा आदेश जारी गरेको थियो ।

त्यस्तै, जिल्लामा शान्ति सुरक्षा कायम गर्दै जनजीवनलाई सामान्य बनाउन, सेवा सुचारु गर्न तथा बजार व्यवस्थालाई क्रमिक रुपमा चलायमान बनाउन सबैलाई सहयोगका लागि अनुरोध समेत गरेको छ ।

यहीँ भदौ २३ र २४ गते काठमाडौं सहित देशभर जेनजी युवाहरुको आन्दोलनको घटना पश्चात् उत्पन्न असहज परिस्थितिलाई मध्यनजर गर्दै जिल्लामा पनि कर्फ्यु र निषेधाज्ञा जारी गरिएको थियो ।

त्यसैगरी, प्रशासन कार्यालयले जिल्लाभर कर्फ्यु तथा निषेधाज्ञा हटाएसँगै जिल्ला सदरमुकाम मार्तडी लगायतका मुख्य बजारहरुमा चहलपहल बढेको छ भने जनजीवन सामान्य बन्दै गएको छ ।
May be an image of text

चर्चामा

सम्बन्धित समाचार