शुक्रबार, मंसिर २०, २०८२
  • होमपेज
  • अन्तर्राष्ट्रिय
  • मोदीले भने– नेपालीको शान्ति, प्रगति र समृद्धिप्रति भारत पूर्णरूपमा प्रतिबद्ध छ

मोदीले भने– नेपालीको शान्ति, प्रगति र समृद्धिप्रति भारत पूर्णरूपमा प्रतिबद्ध छ

  • शनिबार, भदौ २८, २०८२
मोदीले भने– नेपालीको शान्ति, प्रगति र समृद्धिप्रति भारत पूर्णरूपमा प्रतिबद्ध छ

काठमाडौं — भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालको अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीलाई शुभकामना दिएका छन् । साथै उनले नेपाल र नेपालीको शान्ति, प्रगति र समृद्धिप्रति पूर्ण प्रतिबद्ध रहेको बताएका छन् ।

आफ्नो एक्स अकाउन्टमा मोदीले नेपाली लेखेका छन्, ‘नेपालको अन्तरिम सरकारको प्रधानमन्त्रीको रूपमा पदभार ग्रहण गर्नुभएकोमा सम्माननीय श्रीमती सुशीला कार्कीज्यूलाई हार्दिक शुभकामना । नेपालका दाजुभाइ तथा दिदीबहिनीहरूको शान्ति, प्रगति र समृद्धिप्रति भारत पूर्णरूपमा प्रतिबद्ध छ ।’

यसअघि भारतको विदेश मन्त्रालयले नेपालमा नयाँ अन्तरिम सरकार गठन भएकोमा स्वागत गरेको थियो ।

नेपालको अन्तरिम सरकारको प्रधानमन्त्रीको रूपमा पदभार ग्रहण गर्नुभएकोमा सम्माननीय श्रीमती सुशीला कार्कीज्यूलाई हार्दिक शुभकामना। नेपालका दाजुभाइ तथा दिदीबहिनीहरूको शान्ति, प्रगति र समृद्धिप्रति भारत पूर्ण रूपमा प्रतिबद्ध छ।

— Narendra Modi (@narendramodi) September 13, 2025

पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले शुक्रबार अन्तरिम प्रधानमन्त्रीको जिम्मेवारी सम्हालेलगत्तै भारतीय विदेश मन्त्रालयले विज्ञप्ति निकालेर नेपालमा नयाँ सरकार गठनको स्वागत गरेको हो । कार्की नेतृत्वको अन्तरिम सरकारले शान्ति र स्थिरतालाई प्रवर्द्धन गर्न मद्दत गर्ने भारतको विश्वास छ ।

चर्चामा

सम्बन्धित समाचार