आइतवार, मंसिर २२, २०८२
  • होमपेज
  • समाचार
  • प्रतिनिधिसभा विघटन, फागुन २१ गते निर्वाचन हुने

प्रतिनिधिसभा विघटन, फागुन २१ गते निर्वाचन हुने

  • शनिबार, भदौ २८, २०८२
प्रतिनिधिसभा विघटन, फागुन २१ गते निर्वाचन हुने

 राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा प्रतिनिधिसभा विघटन गर्ने निर्णय गरेका छन्। प्रधानमन्त्री कार्कीले पदभार सम्हालेपछि पहिलो मन्त्रिपरिषद् बैठकमै संसद् विघटनको प्रस्ताव पेस गरेकी थिइन्। सोही सिफारिसलाई अनुमोदन गर्दै राष्ट्रपति पौडेलले फागुन २१ गतेका लागि आम निर्वाचन मिति तोकेका छन्।

जेन–जी आन्दोलनको दबाबपछि सुशीला कार्कीलाई प्रधानमन्त्री नियुक्त गरिएको हो। नियुक्तिपछि उनले तत्कालै राजनीतिक स्थायित्वका लागि नयाँ जनादेश आवश्यक भएको ठहर गर्दै संसद् विघटन गर्ने निर्णय लिएकी हुन्। यस निर्णयसँगै अब देश फागुन २१ गते हुने निर्वाचनतर्फ अघि बढ्ने भएको छ।

चर्चामा

सम्बन्धित समाचार