
बाजुरा—जेनजी आन्दोलनमा सहभागी बाजुराका २३ बर्षका ओजन बुढा ४ दिनपछि मृत भेटिएका छन् । उनी शुक्रवार दिउँसो काठमाडौं स्थित बि एण्ड बि अस्पतालमा मृत भेटिएका हुन् ।
ओजन स्वामीकार्तिक खापर गाउँपालिका २ सुपाना स्थायी घर भई हाल संघीय राजधानी काठमाडौं अध्ययन गर्दै आएका थिए । यसअघि उनको फोन अफ थियो भने खोजी कार्य गर्दा पनि आफन्तको सम्पर्कमा आएका थिएनन् । यहीँ भदौ २३ गते काठमाडौंमा जेनजी युवाहरुको आन्दोलन सहभागी भएका थिए । आज आफन्तहरुले दिनभर खोजी कार्य गर्दा उनी आज दिउँसो अस्पतालमा मृत भेटिएको पारिवारीक स्रोतले जनाएको छ ।
उनको के कसरी मृत्यु भयो भन्ने बारेमा एकिन जानकारी प्राप्त हुन सकेको छैन् ।
