शुक्रबार, मंसिर २०, २०८२
  • होमपेज
  • समाज
  • सुदूरपश्चिमका कारागारबाट भागेका २ सय ७३ कैदीबन्दी पक्राउ

सुदूरपश्चिमका कारागारबाट भागेका २ सय ७३ कैदीबन्दी पक्राउ

  • शुक्रबार, भदौ २७, २०८२
सुदूरपश्चिमका कारागारबाट भागेका २ सय ७३ कैदीबन्दी पक्राउ

धनगढी — सुदूरपश्चिम प्रदेशमा जेनजी प्रदर्शनका क्रममा कारागारबाट भागेका दुई सय बढी कैदीबन्दी पक्राउ परेका छन् ।

प्रदेश प्रहरी कार्यालयका वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) प्रकाश रानाभाटले शुक्रबार बिहानसम्म कारागारबाट भागेका २ सय ७३ कैदीबन्दीलाई पक्राउ गरिएको बताए ।

उनीहरू मध्ये कतिपय आफैं सम्पर्कमा आएका थिए भने धेरैजसाेलाई प्रहरीले पक्राउ गरेकाे थियो ।

एसएसपी रानाभाटकाअनुसार पक्राउ परेका समेत गरेर अहिलेसम्म सुदूरपश्चिमका ९ जिल्ला कारागारमा पाँच सय ५७ जना कैदीबन्दी रहेका छन् ।

जेनजी आन्दोलनमा प्रदर्शनकारीकाे सहयोगमा कैलालीसहितका जिल्ला कारागारबाट एक हजार चार सय ४५ कैदीबन्दी भागेका थिए ।

उनीहरू मध्ये शुक्रबार बिहानसम्म दुई सय ७३ जना पक्राउ गरिएपनि एक हजार एक सय ७२ जना भने फरार छन् ।

उनीहरूकाे खाेजीका लागि प्रहरी परिचालन भइसकेका छन् । जिल्ला कारागारहरूले सार्वजनिक सूचना जारी गर्दै कैदीबन्दीहरूलाई सम्पर्कमा आउन आग्रह गरेका छन् ।

चर्चामा

सम्बन्धित समाचार