शुक्रबार, मंसिर २०, २०८२
  • होमपेज
  • समाज
  • जेनजी आन्दोलनमा गएका बाजुराका एक युवा ४ दिनदेखि सम्पर्कविहीन

जेनजी आन्दोलनमा गएका बाजुराका एक युवा ४ दिनदेखि सम्पर्कविहीन

  • शुक्रबार, भदौ २७, २०८२
जेनजी आन्दोलनमा गएका बाजुराका एक युवा ४ दिनदेखि सम्पर्कविहीन

बाजुरा—जेनजी आन्दोलनमा गएका बाजुराका एक युवा सम्पर्कविहीन भएका छन् । जिल्लाको स्वामीकार्तिक खापर गाउँपालिका २ सुपानाका २३ बर्षका ओब्जन बुढा ४ दिनदेखि सम्पर्कविहीन भएका हुन् ।

यहीँ भदौ २३ गते संघीय राजधानी काठमाडौंमा जेनजी युवाहरुको आन्दोलन सहभागी भएका बुढा हालसम्म सम्पर्कमा नआएको परिवारले जनाएको छ ।

उनी काठमाडौं स्थित चाबिलमा बस्दै आएका थिए भने कक्षा १२ मा अध्ययन गर्र्दै आएका छन् । जेनजी युवा समूहको आन्दोलनमा सहभागी भएका ओब्जन हालसम्म सम्पर्कमा नआएपछि आफन्तहरु चिन्तामा परेका छन् । उनका दाई कपुर बुढाका अनुसार अहिले उनको फोन अफ छ । ४ दिनसम्म पनि ओजन सम्पर्कमा नआएपछि परिवारले खोजी कार्य गरिदिन अनुरोध गरेको छ ।

उनलाई कहीँ कतै देखे वा सम्पर्कमा आए नजिकको प्रहरीलाई खबर गर्न गरिदिन अनुरोध गरिएको छ । त्यस्तै उनका दाई कपुर बुढाको फोन नम्बर ९८६९९७८९५६ मा सम्पर्क गरी सहयोग गरिदिन आग्रह गरेका छन् ।

चर्चामा

सम्बन्धित समाचार