
डडेल्धुरा—जेनजी आन्दोलन भन्दै बुधबार बिहान डडेल्धुरा कारागारमा आगजनी र तोडफोड गरी भागेका ८५ मध्ये ४५ कैदीबन्दीहरु पुनः पक्राउ परेका छन्। नेपाल प्रहरी र सेनाले भागेका कैदीबन्दी लाई जिल्लाको विभिन्न स्थानबाट नियन्त्रणमा लिएका हुन्।
जिल्ला कारागार डडेल्धुराका जेलर सन्तोष भट्टका अनुसार बुधबार ३३ र बिहीबार १२ जना गरी ४५ जना कैदीबन्दीलाई नियन्त्रणमा लिएको छ। अझै २८ जना कैदीबन्दीहरु फरार रहेको उनले बताए।
जिल्ला प्रशासन कार्यालय डडेल्धुराले सूचना जारी गर्दै कैदीबन्दीहरुलाई सम्पर्क आउन आग्रह गरेको छ। कारागारमा हालसम्म १ सय २७ कैदीबन्दीहरु रहेका छन्।
