शुक्रबार, मंसिर २०, २०८२
  • होमपेज
  • राजनीति
  • देशलाई पछाडि धकेल्ने हिंसात्मक गतिविधि अस्वीकार्य : नेकपा एमाले बाजुरा

देशलाई पछाडि धकेल्ने हिंसात्मक गतिविधि अस्वीकार्य : नेकपा एमाले बाजुरा

  • बिहिबार, भदौ २६, २०८२
देशलाई पछाडि धकेल्ने हिंसात्मक गतिविधि अस्वीकार्य : नेकपा एमाले बाजुरा

बाजुरा– नेकपा (एमाले) बाजुराले भदौ २३ गते काठमाडौंको माईतिघर मण्डेलामा जेन जेट समूहले सञ्चालन गरेको आन्दोलनमा ज्यान गुमाएका १९ जनाप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइते भएकाहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ। एमाले बाजुराका अध्यक्षले जारी गरेको सन्देशमा आन्दोलनको माग— सुशासनको प्रत्याभूति, डिजिटल सेवाको स्थगन फुकुवा र नातावादविरुद्धको आवाज— सकारात्मक रहेको तर हिंसात्मक घटनाका कारण ठूलो जनधनको क्षति हुनु दुःखद भएको उल्लेख छ।

पत्रमा ४ सयभन्दा बढी घाइते, कैयौं कैदीबन्दी फरार, निजी तथा सार्वजनिक सम्पत्तिको ठूलो क्षति र मुलुक वर्षौँ पछाडि धकेलिएको टिप्पणी गरिएको छ। साथै, इतिहासका प्रमाणहरू समेत नष्ट हुनु गम्भीर विषय भएको ठहर गरिएको छ।

सन्देशमा आन्दोलनकै कारण उत्पन्न परिस्थितिबाट आत्मसमीक्षा गर्ने, जनतासँग क्षमा माग्ने र आन्तरिक लोकतन्त्रलाई मजबुत बनाउँदै व्यवस्था राजनीतिक दलहरूले नै चलाउनुपर्नेमा जोड दिइएको छ। “जेन जेट समूहको चाहना पनि प्रणालीको विकल्प खोज्नु होइन, सुधार चाहनु हो,” सन्देशमा उल्लेख छ।

वर्तमान अवस्थाको समाधानका लागि संवैधानिक दायरामै रहि सरकार गठनमा ढिलाइ नगरिनुपर्ने, स्वार्थी तत्वले खेल्ने अवसर नपाउने खालको पहल आवश्यक रहेको एमाले बाजुराले जनाएको छ। जनताको जीवनरक्षा र शान्ति–सुरक्षाका लागि नेपाली सेना र सुरक्षाअंगहरूको सक्रियता अझ बढाउनुपर्ने माग गरिएको छ।

चर्चामा

सम्बन्धित समाचार