सोमवार, मंसिर २३, २०८२
  • होमपेज
  • समाचार
  • निजामती अस्पतालमा तीन जना प्रदर्शनकारीको मृत्यु

निजामती अस्पतालमा तीन जना प्रदर्शनकारीको मृत्यु

  • मङ्लबार, भदौ २४, २०८२
निजामती अस्पतालमा तीन जना प्रदर्शनकारीको मृत्यु

निजामती अस्पतालमा तीन जना प्रदर्शनकारीको मृत्यु भएको छ । अस्पतालका निर्देशक मोहन रेग्मीका अनुसार मंगलबार विभिन्न स्थानबाट १९० जना घाइते उपचारका लागि अस्पताल ल्याइएका थिए ।

जसमध्ये उपचारका क्रममा तीन जनाको मृत्यु भएको रेग्मीले जानकारी दिए । दुई जना घाइतेलाई भने थप उपचारका लागि अन्य अस्पताल रिफर गरिएको उनले बताए ।

यसअघि कालीमाटीमा प्रहरीको गोली लागेर दुई जना प्रदर्शनकारीको मृत्यु भएको थियो । सोमबारको प्रदर्शनमा देशभरि गरेर कुल १९ जना प्रदर्शनकारीको मृत्यु भएको थियो ।

चर्चामा

सम्बन्धित समाचार