मङ्लबार, मंसिर २४, २०८२
  • होमपेज
  • समाचार
  • मन्त्रिपरिषद् बैठक बालुवाटारमा सुरु

मन्त्रिपरिषद् बैठक बालुवाटारमा सुरु

  • सोमवार, भदौ २३, २०८२
मन्त्रिपरिषद् बैठक बालुवाटारमा सुरु

जेनजी आन्दोलनमा १७ जनाको मृत्यु भएपछि त्यसबारे छलफल गर्न मन्त्रिपरिषद् बैठक सुरु भएको छ ।  प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा ६ बजे बोलाइएको बैठक करिब एक घण्टा ढिला गरी केहीबेर अघि सुरु भएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ । मन्त्रिपरिषद् बैठकमा कांग्रेसबाट सरकारको नेतृत्व गरेका उपप्रधानमन्त्री तथा सहरी विकासमन्त्री प्रकाशमान सिंह, गृहमन्त्री रमेश लेखक र संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डे सहभागी छैनन् ।

उनीहरू अहिले सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठ बसिरहेको कांग्रेस पदाधिकारी बैठकमा सहभागी छन् । बैठकमा जेनजीले उठाएका विषयबारे छलफल हुनेछ ।

चर्चामा

सम्बन्धित समाचार