बिहिबार, मंसिर २६, २०८२
  • होमपेज
  • समाचार
  • कान्तिपुर टिभीका पत्रकार श्रेष्ठलाई गोली लाग्यो

कान्तिपुर टिभीका पत्रकार श्रेष्ठलाई गोली लाग्यो

  • सोमवार, भदौ २३, २०८२
कान्तिपुर टिभीका पत्रकार श्रेष्ठलाई  गोली लाग्यो

नयाँबानेश्वर क्षेत्रमा प्रहरीको गोली लागेर कान्तिपुर टिभीका पत्रकारसमेत घाइते भएका छन् । जेनजीको प्रदर्शनको दृष्य संकलनका लागि गएका श्याम श्रेष्ठको पाखुरामा गोली लागेको हो ।

प्रदर्शनको दृष्य खिचिरहेका बेला श्रेष्ठलाई प्रहरीको गोली लागेको र सिभिल अस्पतालमा उपचार भइरहेको कान्तिपुर टेलिभिजनका नायव समाचार प्रमुख रुपेश श्रेष्ठले बताएका छन् ।

माइतीघरबाट सुरु भएको प्रदर्शनकारीको भिड अनियन्त्रित बन्दै नयाँबानेश्वरको संसद भवन भित्रै प्रवेश गरेको थियो । उनीहरुलाई रोक्ने प्रहरीको प्रयास असफल भएको थियो ।

चर्चामा

सम्बन्धित समाचार